पौष ३० । मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ ।
संखुवासभाको खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका(३, सामाटारमा सडकबाट ९ सय मिटर तल बरूण नदी किनारमा खसेको थियो ।
दुर्घटनामा मृतकहरुमध्ये नुस निवासी कटुवाल र अर्का व्यक्ति सोही गाउँपालिकाको गोलेचौरका सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।
स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।