नेसनल प्याब्सन धादिङको अध्यक्षमा -काशीनाथ

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २८, २०७४

सञ्जय देवकोटा
धादिङबेसी पौष २८ ।
नेसनल प्याब्सन धादिङको अध्यक्षमा आयाम इङ्लिस बोर्डिङ स्कुलका प्रमुख तथा न्यु किबो बोर्डिङ स्कुलका निर्देशक काशीनाथ कोइराला चयन भएका छन् ।

धादिङको आदमघाटमा आयोजित छैटौँ साधारण सभातथा वार्षिक छैटौँ अधिवेशनले कोइरालाको अध्यक्षतामा ९ सदस्सीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

एन प्याव्सन धादिङका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दाहालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी माधव प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

नेसनल प्याब्सन केन्द्रका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।  नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुपर्ब क्याट्यालिस्ट एकेडेमिकी विना अधिकारी रिमाल, सचिवमा न्यु किबो बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रयास रेग्मी र कोषाध्यक्षमा रेन हार्ट इङ्लिस स्कुलका राम कुमार बस्नेत छन् ।