धादिङ दार्खा पौष २६ । उत्तरी धादिङको खनियावास गाउॅपालिकामा अवस्थित बृचेत माविको २४ औ वार्षिक उत्सव समारोहमा सिकाइलाई सही ढंगले उपयोग गरिनुपर्ने धादिङका जिल्ला शिक्षा अधिकारी माधव शर्माले बताए ।
भुकम्पले क्षेति पुर्याएका विद्यालय भवन पूनर्निर्माणमा ढिलो भएकोमा आन्तरिक, प्रशासनिक, प्राविधिक कारण रहेको बताउँदै जाइका र भारतीय राजदुतावास मार्फत भवन निर्माण कार्यभैररहेको बताए ।
कार्यक्रममा सरोकारवालाहरूलाई धन्यवाद दिँदै जिशिअ शर्माले जिल्लाभरका दरवन्दी समस्या रहेको र समाधान गर्न दरवन्दी मिलान स्थानीय तहसॅग समन्वय गरि सहकार्य र सहमति मार्फत समस्या समाधान गर्न अभिभावक सचेत रहन आह्वान समेत गरेका थिए ।
शर्माले सार्वजनिक शिक्षामा गरिएको लगानीको आउटपुट कम रहेकोमा दुःख व्यक्त गर्दै सर्टिफिकेटमात्र दिने तर बाच्ने आधार नदिने हुनाले सिकाइलाई सही ढंगले उपयोग गरिनु पर्नेका प्रष्ट्यएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलबहादुर तामाङको अध्यक्षता रहेको थियो । दार्खाबाट सहकर्मी गोपाल फ्युवा तामाङले जानकारी दिनु भयो ।