हङकङ राजदुतावास मार्फत सरकारलाई ध्यानआकर्षण

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २५, २०७४

मकाऊ पौष २५ । अन्तराष्ट्रिय नेपाली समाज मकाउले माहा वाणिज्य राजदुत हङकङ मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अन्तराष्टिय नेपाली समाज मकाउ संयोजक धादिङ फुलखर्कका प्रजुन अधिकारीको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा भनिएको छ- मकाउमा नेपाली हरूको आम्दानी महिनामा घटिमा १ लाख र बढिमा ८-९,लाख सम्म तलब भत्ता खाने नेपाली हरु छन् ।

महिना मा ५०-६० करोड पैसा नेपाल पठाईन्छ । यो पैसा नेपाल पठाऊन कुनै पनि कानुनि रूपले पठाउने प्रावधान छैन । गैर कानुनी रूपमा हुण्डी मार्फत पैसा पठाउन परि रहेछ । कुनै कानुनी आधार छैन ।

नेपाल सरकारको पहलमा नेपालमा एउटा अन्तराष्ट्रिय स्थर को कुनै पनि एउटा बैंक ग्लोबल बैक एच एस बि सि, चाईना बैंक बि एन यु तथा आई सि बि सी, अथवा नेपाल मा भएको नबिल बैक हिमाल बैंक एभरेष्ट बैक सिद्धार्थ कुनै पनि एउटा बैकंले चिन संग समन्वय गरि नेपालमा शाखा खोलेर नेपाली मजदुरहरूको आम्दानी सुरक्षित र सरल तरिकाबाट लिमिट चार्ज तिरेर बैंक डिपोजिट हुन सक्यो भने देशको आम्दानी रेमिटान्स पनि अत्याधिक बढने र मजदुरहरूको परिश्रमको उचित मुल्य र ग्यारेन्टी पनि हुने हुदा यस तर्फ सरकारको ध्यान आकर्षण गराउन माहामहिम माहा बाणिज्य राजदुत ज्यु मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराई अबिलम्ब पहल गर्न हार्दिक अनुरोध गर्दछु ।

धानाकर्षण पत्रमा उल्लेखित शब्द जस्ताको तस्तै

श्री मान माहामहिम माहा बाणिज्य राजदुत ज्यु
राजदुताबास हङकङ

बिषय – ध्यानआकर्षण सम्बन्धमा

ऊपरोक्त सम्बन्धमा नेपाल सरकारलाई यस बिषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।

सन १९९६ देखि अबिछिन्न रूपमा मकाउ नेपालीहरूको कर्म भुमी बन्दै आएको छ । दिन प्रतिदिन नेपालीको माग पनि बढदै गई रहेको छ । नेपालीहरूको ईमानदारिता बफादारी कार्यदक्षता बाहादुरी ऊच्च कार्यक्षमताको मुल्याङकन गर्दै नेपालीहरूको माग दिन प्रतिदिन बढदै गएको हो । अरू खाडी मुलुकहरूको तुलानाआत्मक अध्पनमा मकाउ राम्रो श्रम र राम्रो आम्दानी गर्न सकिने देश हो । नेपालीहरूको कर्म भुमिमा आज सम्म हाम्रो देशको सरकारी निकाएबाट कुनै ऊचित पहलदाई कार्य गरेको देखिदैन, यहाको नेपालीहरूको जति आम्दानी छ, समस्याहरू पनि त्यति नै छन् !

मकाउमा लगभग ५ हजारको हाराहारीमा श्रमिकहरू श्रम गर्दछन् । साथै बिभीन्न पेशा ब्यबासया गनेँ नेपालीहरू पनि त्यती नै छन् ।
मकाउमा नेपालीहरूको आम्दानी महिनामा घटिमा १ लाख र बढिमा ८-९,लाख सम्म तलब भत्ता खाने नेपालीहरु छन् । महिना मा ५०-६० करोड पैसा नेपाल पठाईन्छ । यो पैसा नेपाल पठाऊन कुनै पनि कानुनिरूपले पठाऊने प्राबधान छैन ।

गैर कानुनी रूपमा हुण्डी मार्फत पैसा पठाउन परि रहेछ । कुनै कानुनी आधार छैन । यसरी गैर कानुनी तरिकाले जम्मा भएको रकमबाट छोरा छोरीलाई बिदेशमा अध्यन भिसा माग गर्दा बैक ब्यालेन्स (डिपोजिट) रकम देखाउन पनि आम्दानीको श्रोत नखुलेको भनि बैकले कुनै बैक ब्सालेन्स देखाउन मान्दैन भने । याहाबाट कन्सुलरले आम्दानीको श्रोत खुलाएर प्रमाणित गरि दिने वा यहाको बैकमा ब्यालेन्स प्रमाणित गरेर देखाऊन पर्छ भने ।

मकाउबाट पैसा पठाऊनको लागी केहि पुराना हुण्डि ब्याबसायिकहरूले राम्रै तरिकाबाट पठाए पनि । धेरै नया र साना हुण्डी ब्याबसाय गर्ने हरूले समय समय मा पैसा ऊठाएर भागेको घटना पनि नभएको भने होईन । यसरी कति मानिस हरूको पैसा डुबेको पनि सबै लाई अबगत नै छ ।

नेपाल र चिन एक अर्को संग भुमि जोडियको र सबै प्रकार को ब्यापार ब्याबसाय भएको । जति भारत संग छ । त्यतिनै चिन संग पनि हाम्रे देशको ब्यापार सम्बन्ध छ । भारतको पैसा त्यती सरल तरिकाबाट नेपालमा सटही हुन्छ । नेपालको जता सुकै पनि भारतिय पैसा चल्छ । भने चिन मकाउ हङकङ गरेर कती नेपालीहरू छन् ? किन यहाको पैसा नेपालको बजारमा चल्दैन ? जुन देश संग भुमि जोडियको छ जुन देश संग ब्यापार ब्याबसायीक राम्रो सम्बन्थ छ । तिन ठाऊमा गरेर लाखौ मानिसले कर्म थलो बनाई आफ्नो र परिवारको रोज़ी रोटी राम्रो आम्दानीको श्रोत पनि बनि रहेछ भने ।

यस्तो अबस्थामा नेपाल सरकारको पहलमा नेपालमा एउटा अन्तराष्ट्रिय स्थरको कुनै पनि एउटा बैंक ग्लोबल बैक एच एस बि सि , चाईना बैंक बि एन यु तथा आई सि बि सी, अथवा नेपालमा भएको नबिल बैक हिमाल बैंक, एभरेष्ट बैक सिद्धार्थ कुनै पनि एउटा बैकंले चिन संग समन्वय गरि नेपालमा शाखा खोलेर नेपाली मजदुर हरूको आम्दानी सुरक्षित र सरल तरिकाबाट लिमिट चार्ज तिरेर बैंक डिपोजिट हुन सक्यो भने देशको आम्दानी रेमिटान्स पनि अत्याधिक बढने र मजदुरहरूको परिश्रमको उचित मुल्य र ग्यारेन्टी पनि हुने हुदा यस तर्फ सरकारको ध्यान आकर्षण गराउन माहामहिम माहा बाणिज्य राजदुत ज्यु मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराई अबिलम्ब पहल गर्न हार्दिक अनुरोध गर्दछु ।

अकोँ कुरा सम्भव भए सम्म माकाउ मा पनि एऊटा राजदुताबास को साखा राख्नु पने ज़रूरी देखिन्छ किन कि दुरिको हिसाब र समयाको तालमेल अनुसार हङकङले चाहेर पनि सबै काम गर्न सम्भब भएको छैन जे जति गर्नु भएको छ । त्यो सहरनिय छ । धन्यबाद

प्रजुन कुमार अधिकरी
अन्तराष्टिय नेपाली समाज मकाउ