धादिङबेसी पौष २२ । विश्व शान्ति तथा एकीकृत परिवार महासंघ धादिङले धादिङबेसीमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
परिवारलाई आदर्श, प्रेमपूर्ण, शान्तिपुर्ण परिवार बनाउन एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको महासंघ धादिङका प्रमुख दिपक सापकोटाले बताए ।
धादिङबेसी स्थित होलिस्टिक हेल्थको कार्यकक्षमा भएको उक्त कार्यक्रमलाई विश्व शान्ति तथा एकीकृत परिवार महासंघ किर्तिपुर शाखाका प्रमुख कशव श्रेष्ठले सहजिकरण गरेका थिए ।
धादिङका विभिन्न ठाउँहरुबाट आएका २ सय भन्दा बढी सहभागीहरुले पारिवारिक प्रेम सद्भाव र सामुदायीक एकताका विषयमा आफुहरुलाई महत्वपूर्ण ज्ञान प्राप्त भएको बताएका थिए ।