बिमल तामाङ
धादिङबेसी पौष २० । उत्तरी धादिङका विकटबस्तीहरुमा आज निर्वाचित जनप्रतिनिधिहरु हेलिकप्टरबाट विजय गराएको मा धन्यावाद दिँदै लड्डु बाड्न पुगेका छन् ।
उत्तरी धादिङको सेर्तुङ, तिप्लिङ, झार्लाङ र लापाको ठुलो गाउँमा निर्वाचित जनप्रतिनिधिहरु हेलिकप्टरबाट लड्डु बाँड्दै धन्यावाद दिन पुगेका हुन् ।
धादिङ क्षेत्र नं. २ अन्तरगत पर्ने उत्तरी धादिङको रुबीभ्याली हेलिकप्टर मार्फत एकै दिन ४ वटा कार्यक्रम आयोजना गरि एमाले, माओवादी केन्द्र (बाम गठबन्धन) का स्थानिय नेता सहित विजयी प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनी र यसै क्षेत्र अन्तरगत पर्ने प्रदेश (ख) का सदस्य जगत सिंखडा लड्डु लिएर कार्यक्रममा सहभागी भएका थिए ।
निर्वाचित उम्मेदवार सहित एमालेका धनबहादुर घले र रामसिंह तामाङ सिधै हेलिकप्टरबाट लड्डु बोकेर रुबीभ्याली पुगेका थिए ।
लापा ठुलोगाउँको कार्यक्रममा सहभागि एक स्थानिएका भने प्रति कार्यक्रम १० केजी लड्डु होरे पहिला मासुभात नै खाइन्थ्यो यो पटक लड्डु मै चित्त बुझाईयो काम गर्ने नगर्ने थाहा छैन तर कार्यक्रममा बोलेको पुरा गर्छौ उत्तरी धादिङका स्थानियहरुको जीवन स्थर उकासिने बताए हामी खुसी छौ । फोटोः नवराज गरी