धादिङ पौष २० । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले तीन दिने प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो माघमा गर्ने भएको छ ।
हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा अन्तर्राष्ट्रिय स्तरको प्रिन्टिङ एण्ड फोटोग्राफ्री एक्पो नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो ।
प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको सहभागिता हुने यस एक्सपोमा अमेरिका , चिन ,जापान, कोरिया, भारत ,ताईवान लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले प्रत्येक्ष रुपमा सहभागिता जनाउनेछन् ।
एक्स्पोमा कुल १ सय वटा स्टलहरु रहनेछन् जसमध्ये १३ ठूला र ८७ वटा साना स्टलहरु हुनेछन् भने एक्सपो स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया , फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिनेछ ।
प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहनेछ बताईएको छ ।
२०५३ सालमा स्थापना भएको देशभरका क्रियाशील फोटो पत्रकारहरुको छाता सङ्गठन एनएफपीजेका काठमाडौं, धादिङ लगायत ३२ वटा जिल्ला शाखाहरु रहेका छन् ।