धादिङको अनुहार फेरिने छ -लोहनी

Avatar photo
Dhadingpost
बिहिबार, पुस २०, २०७४

जुन जोगी आएनी कान चिरेका हुन्नौ -सिंखडा

धादिङबेसी पौष २० । धादिङको प्रतिनिधि सभा क्षेत्र नं. २ का निर्वाचित सदस्य खेमप्रसाल लोहनीले अब विकासले गती लिने र धादिङको मुहार फेरिने दावी गरे । यस्तै धादिङको प्रतिनिधि सभा क्षेत्र नं. २ को (ख) प्रदेशका निर्वाचित सदस्य जगत सिंखडाले अब जनताले जुन जोगी आएनी उस्तै भन्न नपाउने गरि काम गरिने बताए ।

धादिङबेसीमा पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना गरेको जनप्रतिनिधि सम्मान कार्यक्रममा यी दुई जनप्रतिनिधिले, हिजो सरकार ढाल्ने र बनाउने खेल का कारण मुलुकको विकास पछाडी ढकेलिएको बताउँदै अब बामहरुको स्थिर सरकार बन्छ, आर्थिक समृद्धिका लागि ज्यान छाडेर काम गरिन्छ जनताले जुन जोगी आएनी उस्तै हो भन्नु नपर्ने गरि काम गर्ने हो जनताले बोकाएका भारी हामी गन्तव्यमा पुर्याए रै छाड्ने प्रतिबद्धता जनाए ।

जिल्लाका ६ जना जनप्रतिनीधिहरुलाई गरिएको सम्मानमा समयको पावन्दी भन्दै यी दुई निर्वाचित सदस्यले प्रतिवद्धता मन्तव्य राखेका थिए ।