वैदेशिक रोजगार छात्रवृत्तिको निवेदन दिने म्याद थप

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १४, २०७४

धादिङ पौष १४ ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन दिने म्याद थप गरेको छ ।

बोर्डले आउँदो माघ मसान्तसम्म छात्रवृत्तिका लागि आवेदन दिने समय थपेको हो । शैक्षिक सत्र २०७४ को छात्रवृत्तिका लागि यसअघि मंसिर मसान्तसम्म मात्रै म्याद तोकिएको थियो ।

यस्ता बालबालिकाले आफू पढिरहेको विद्यालयमा निवेदन दिनुपर्ने हुन्छ । यस्तो छात्रवृत्ति सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका १८ वर्षमुनिका बालबालिकाले पाउँछन् । छात्रवृत्ति पाउनेले आधारभूत तहका लागि ८ हजार र माध्यमिक तहका लागि १२ हजार रुपैयाँ पाउँछन् ।

म्याद थप गरिएको सूचना यस्तो छ ।