प्रचण्ड जि लाल सलाम ।
म बाम एकताको बिरोधि होइन कसैको चित्त दुःखे माफ गर्नुहोला….
प्रचण्ड जि एमाले सगँ पार्टी एकता गर्दै हुनुहुन्छ भने,
सबै भन्दा पहिला तपाईंले खड्गप्रसाद ओलीलाई यानिकी केपि ओलिलाई कम्युनिस्ट बनाउनुहोस्, हैन भने,
कम्युनिस्ट नकाब लाएको नकाब धारी आफै बन्नुस् ।
१० वर्षीय सशस्त्र जनयुद्ध गणतन्त्रको लागि गरिएको हो, भनेर खड्गप्रसाद ओलीको मुखबाट भन्न लगाउनुहोस । र, व्यवस्था परिवर्तनको लागिनै थियो, जनयुद्ध भनेर पनि भन्न लगाउनु ओलिलाई ।
हैनभने……
१० वर्षीय जनयुद्ध भुल थियो, भनेर तपाईं आफैले भन्दिनुहोस,
१७,००० शहीदको बलिदान राजतन्त्रको अन्त्यको लागी र समुन्नत नेपाल निर्माणको लागि भएको थियो भनेर, खड्गप्रसाद ओलीलाई भन्न लगाउनुस् ।
हैन भने…
१७०००शहीदको बलिदान माओवादीलाई एमाले बनाउनको लागी र केही मान्छेले कमाउनको लागि भएको हो भनेर भन्नुस् ।
संसदीय व्यवस्था पूर्ण रुपमा नेपालमा असफल भैसक्यो भनेर
खड्गप्रसाद ओलीलाई स्विकार गर्न लगाउनुस् ।
हैन भने….
तपाईंले जनता र कार्यकर्तालाई झुक्याउन छाडीदिनुस् ।
यिनै कुराहरु सार्वजनिक रुपमा केपि ओलिलाई बोल्न लगाउनुहोस्, अनी मात्रा बाम एकताको नाममा माओवादी केन्द्रलाई एमालेमा विलय गराउनुहोस् ।
हैन भने….
जनताको सही माग लिएर संघर्ष गर्नुस्
नत्र भने राजनीतिबाट सन्यास लिनुस्……
सत्य तितो र तिखो हुन्छ तर सत्य नै हुन्छ ……
दिप किरण क्षेत्री
पुर्व जनमुक्ति सेना