धादिङबेसी पौष १२ । धादिङ उद्योग वाणिज्य संघले बिगत ५ वर्ष देखि गर्दै आएको धादिङ महोत्सव यो साल नहुने भएको छ ।
महोत्सवको स्थगितको हल्ला केहि दिन पहिला देखि चलेपनि उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले जसरी पनि छैटौँ महोत्सव हुने दावी गर्दै आएका थिए ।
प्रादेशिक औद्योगिक व्यापार मेला तथा छैटौँ महोत्सव गर्न हामीले हरेक विकल्पहरुमा छलफल गर्यौ तर जिल्लाका राजनीतिक दलहरुको सहयोग विना अगाडी बढ्ने विषयमा व्यवसायीहरु बीच नै सहमती हुन नसकेपछि महोत्सव अन्तिम तयारीका बेला स्थगित हुन लागेको अध्यक्ष दुवाडीले बताउनु भयो ।
हामी कार्यसमितिको बैठक बसेर बुधबार महोत्सव स्थगित गरिएको निर्णय गर्ने मनस्थितिमा पुगेका छौ, बैेठकले महोत्सव हुनुपर्छ भन्ने र त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यावाद दिने समेत दुवाडीले बताउनु भयो ।
यसकारण हुन सकेन महोत्सव
यी बने बाधक
प्रमुख कारण व्यवसायीहरु बीच एकताको अभाव
धादिङ उद्योग वाणिज्य संघको अधिवेशनमा काँग्रेस र माओवादीको भद्र सहमतिमा चुनाव जितेर नयाँ समिति आयो, स्थनिय तह देखि केन्द्र र प्रदेश सभाको निर्वाचनमा पराजय भएको काँग्रेसले उद्योग वाणिज्य संघमा भद्र सहमति वाम गठवन्धनले प्रभाव पार्नसक्ने आकलन गर्दै महोत्सव भन्दा पहिला नै विधान संशोधन गरि वरिष्ठ उपाध्यक्ष आगामी अध्यक्ष हुने व्यवस्थाको माग गर्यो ।
यस विषयमा प्रवेसै गर्न नहुने विधान संशाधनको प्रस्ताव लैजानु भनेको पास हुनु हो, यस्तो कदव नचाल्न निर्वाचित जनप्रतिनिधी भेट्न दक्षिणी धादिङ पुगेका अध्यक्ष सहितको टोलीले जवाफ पाए । त्यसपछि दलहरुको सकारात्मक भुमिका नपाएपछि दुवाडीले मंगलबार दिनभर दलका नेताहरुलाई निमन्त्रण नगर्ने गरि महोत्सव गर्न व्यवसायीहरु माझ छलफल चलाए ।
राजनीतिक हस्तक्षेप रहित उद्घाटन र समापनमा दल र सपथ नखाएका जनप्रतिनिधिहरुलाई नबोलाउने र महोत्सव उद्घाटन र समापनमा उद्योग वाणिज्य महासंघको केन्द्रिय समितिबाट ल्याउने सर्तमा काँग्रेस निकट व्यवसायीहरु सहमतिमा पुगे । तर अध्यक्ष दुवाडीले यस्तो तयारी गर्दै छन्, भन्ने सुनेपछि माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमकट्टेल र राजेन्द्र पाण्डे आक्रामक शैलिमा दुवाडी माथि खनिएको स्रोतले बतायो ।
एमाले, माओवादी केन्द्र र काँग्रेस
लामो समयदेखि रेडक्रस र उद्योग वाणिज्य संघमा नेतृत्व गर्दै आएको माओवादी केन्द्रले पछिल्लो अधिवेशनमा अर्को कार्यकाल काँग्रेसलाई अध्यक्ष दिने भद्र सहमति गरेको थियो । यो भद्र सहमति तोडिने काँग्रेसको त्रास र महोत्सव पूर्व नै विधान शंसोधनको प्रस्ताव नभए महोत्सव हुन नदिने हठ र एमाले माओवादी गठबन्धनले दलको उपस्थिति विना छैटौँ महोत्सव गर्न नदिने दवावले महोत्सव हुन नसकेको हो ।
अन्ततः दलका नेताको उपस्थिति विना महोत्सव गर्न तयार देखिएको धादिङ उद्योग वाणिज्य संघको नेतृत्व महोत्सव स्थगित गर्न पुगेको छ । दलका नेतालाई भाषण गर्न र एकले अकोलाई गाली गलौज गर्न महोत्सव आयोजना गरिएको थिएन दलहरुले स्टेज चाहिन्छ नत्र हुन दिन्नौँ भनेपछि महोत्सव स्थगित भयो एक कार्यसमिति सदस्यले धादिङपोष्टलाई बताए ।