आज १२५ औं माओ दिवस (जीवनी)

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ११, २०७४

धादिङ पौष ११ । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नेता माओ सेतुङको १२५ औँ जन्म जयन्ती अज परेको छ । विगतका वर्षहरुमा जस्तै नेकपा माओवादी केन्द्र लगायतका माओवादी पार्टीहरुले विभिन्न कार्यक्रम गरि माओ दिवस मनाउने भएका छन् ।

माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा कार्यक्रम गर्दै छ । १८९३ डिसेम्बर २६ मा जन्मेका माओले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएहो हो । उहाँ चीनको विश्व चर्चित लम्बे अभियान, जापान विरोधी युद्घ र मुक्ति युद्घका नेता एवम् नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले विश्वमै क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवाद मुख्य अवरोध बनेको दाबी गरेको छ ।

माओको १२५ औँ जन्मजयन्तीका अवशरमा विज्ञप्ति निकालेर क्रान्तिकारी माओवादीले नेपालमा नयाँ जनवादी क्रान्ति र विश्वमा सर्वहारा समाजवादी क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिएको छ ।


माओको जीवनी

माओ त्से-तुंग (Mao Zedong) अथवा (Mao Tse-tung)को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो|उनी चीनी क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो| उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् | मार्क्स वादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ|

वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिएता पनि चीनमा राजकीय रुपमा महान् क्रान्तिकारी, राजनैतिक रणनीतिकार, सैनिक पुरोधा अनि देशरक्षक मानिन्छन्| धेरै चीनी व्यक्तिहरुको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक, तकनिकी एवं सांस्कृतिक विकास तथा पछाडिएको देशलाई संसारको प्रमुख शक्तिको रुपमा खडा गराउन गतिलो भूमिका निभाएकाछन्| उनी कवि, दार्शनिक, दूरदर्शी महान् प्रशासकको रुपमा मानिन्छन् यसको विपरीत, माओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरु ग्रेट लीप फॉरवर्ड (Great Leap Forward) र सांस्कृतिक क्रांतिको कारण गंभीर अकाल सृजना भएको र चीनी समाज,अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुरयाएको कुरामा कतिपय व्यक्तिहरु विश्वास राख्दछन्, जसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौं मानिसहरुको व्यापक मृत्यु भएको बताउँछन्|माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरुमा गनिन्छन्| र टाइम मेगाजिनपत्रिका अनुसार २०औं शताव्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरुमा माओ पर्छन्|

प्रारम्भिक जीवन

जिन्हाई क्रातिको बेला माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारिहरुको तर्फबाट लडाईंमा भाग लिए, जब कुइङ् राजवंश सत्ताच्युत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गए| सन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सित बेजीङको यात्रामा गए| प्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरे| माओले अंशकालिक (part-time) छात्रमा पंजीकृत भई केही मात्रामा व्याखान र विद्वानहरुको सेमिनारहरुमा भाग लिए । संघाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए|

माओ पुस्तक लेख्दै सन् १९३८

लुओ यिक्सिनोसित विवाहित( बाबुले गराईदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्)) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित् बिहे गरे। अक्टूबर १९३० मा, कुओमिन्टांग (KMT)लेयांग काइहुइ र उसको छोरा एनिंगलाई पक्रा गर्‍यो । (KMT)ले दुवैजनालाई बन्दी बनायो, पछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनें मारिदियो। त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षिया केटी हि जिझेन्सित बस्थे, भाषा कौशलतामा कमजोर भएकाले जियांग सम्प्रदायसित बसेता पनि उनले मन्दारिन् चीनि भाषा सिक्न सकेनन्। उनले फ्रांसमा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे।
२३ जुलाई १९२१ का दिन, माओले, २७ वर्षको उमेरमा संघाइमा चीनको कम्युनिष्ट पार्टीको राष्ट्रीय कांग्रेस मा भाग लिए । दुइ वर्षपछि, उनी पार्टीको तेस्रो कांग्रेस अधिवेशनमा पांच कमिसारमध्येमा एक प्रतिनिधिको रुपमा छानिए सोहि साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग साखा सञ्चालन गर्नका निम्ति हुनान् फिरे। सन् १९२४ मा, उनी कुओमिन्टांगको राष्ट्रीय अधिवेशनका प्रतिनिधि बने,जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिए।