प्रमोद भट्ट
धादिङ, सत्यदेवी पौष ११ । खनियावास ५ सत्यदेवीमा अबस्थित गोमोजोङ कृषि तथा बहुउदेश्यि सहकारी संस्थालाई निशुल्क सामाग्री हस्तान्तरण गरिएको छ । एक्सन नेपाल र अक्सफामको साझेदारीमा संचालित नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तर्गत जिविकोपार्जन कार्यक्रम माफत उक्त सामाग्री सहयोग हस्तान्तरण गरिएको हो ।
सहकारी संस्थाहरुको संस्थागत क्षमता विकास गरि समुदायका मानिसहरुलाई सहकारी संस्था सम्म पहुँच विस्तार गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको एक्सन नेपालका अनुगमन तथा मुल्याङ्कन प्रमुख कमलराज ढुङ्गानाले बताउनु भयो । भौगोलीक हिसाबले पछाडि परेका समुदायका मानिसहरुको जिविकोपार्जनमा सहयोग गर्ने कार्यक्रम अनुरुप समुदायका मानिसलाई सहकारीमा आकर्षित गरि भविष्यको लागि बचत गर्न उत्पेरित गर्ने र जिविको पार्जनमा पु¥याउने उद्देश्यले सहयोग गरिएको अक्सफाम धादिङका जिविको पार्जन अधिकृत राजकुमार पाण्डेले जानकारी दिनु भयो ।
सहकारीको सेयर सदस्य बढाउन समेत साझेदार संस्थाहरुले महत्वपुर्ण भुमिका खेलेकाले अबको दिनमा सहकारी त्यस क्षेत्रकै नमुना सहकारी बन्ने संस्थाकी उपाध्यक्ष पार्वती तामाङले बताउनु भयो ।
सामान्य अबस्थामा संचालन भईरहेको सहकारीलाई अहिले ब्राण्डेट कम्प्युटर, प्रिन्टर, अपिस टेबल, कुर्ची, डिजिटल तराजु, कम्प्युटर टेवल, कार्पेट, तरकारी हाल्ने क्रेट लगायतका सामाग्री वितरण गरिएको छ । साथै सहकारीको दैनिक कार्य सम्पादनको लागि एक जना स्वयंसेवक कर्मचारी, सहकारीको व्यावसायिक योजना निमार्णमा सहयोग र सहकारी संबन्धि विभिन्न तालिम समेत प्रदान गरिएको छ ।
सर्वसुलब दरमा ऋण प्रवाह गरी स्थानिय स्तरमा साना व्यावसाय गर्न प्रत्साहन गर्ने उद्देश्यले पनि सहकारीलाई सहयोग गरिएको हो ।