धादिङ पौष १० । धादिङमा अझै भुकम्प पिडितहरुले घर बनाउन सकेका छैनन् । पहिलो किस्ताको रकम लिएकाले समेत अझै घर बनाउन सुरु गरेका छैनन् भने सरकारले असार मसान्त सम्म पुरै घर सम्पन्न गर्न अन्तिम मिति तोकेको छ ।
पौष मसान्त सम्म घरको डिपिसि गरि सक्नुपर्ने र दोस्रो किस्तोको रकम लिइसक्नु पर्ने सरकारको प्रवाधान भएपनि भुकम्प पिडितहरुले नयाँ सरकार बने सँगै समय र पैसा थप्ने आसामा अझै घर बनाउन सुरुगरेका छैनन् ।
धादिङमा अहिले सम्म १७ हजार घर निर्माण सम्पन्न भएका छन्, भने दोस्रो र तेस्रो किस्ताको लागि निवेदन आउने सख्यामा तुलनात्मक रुपमा वृद्धि भएको छ । पुस मसान्त सम्ममा दोस्रो किस्ताको रकम लिनुपर्ने भएपछि भने हरेक गाविसमा पौष मसान्त सम्म डिपिसि सक्ने चाप पनि देखिन्छ भने तालिम प्राप्त डकर्मी उपलब्ध नहुनुले पुर्ननिर्माणले गति लिन नसकेको भुकम्प पिडितहरु बताउँछन् ।