काँग्रेस धादिङले बैठक बोलायो, समिक्षा तथा सुदृढिकरण योजना ल्याउने

Avatar photo
Dhadingpost
सोमवार, पुस १०, २०७४

धादिङ पौष १० । नेपाली काँग्रेस धादिङले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा तथा सुदृढिकरण योजनाको लागि बैठक बोलाएको छ । निर्वाचनमा हार व्यहोरेको काँग्रेसले निर्वाचन पछि पहिलो पटक बैठक बोलाएको हो ।

प्रतिनिधिसभाको लागी दुई निर्वाचन क्षेत्र र प्रदेशसभाको लागी चार निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा कांग्रेस वामगठबन्धनका उम्मेद्वारहरू संग पराजित भएका थिए ।

निर्वाचनमा पार्टी पराजित हुनुपर्नाको कारणहरूको समिक्षा गर्दै पार्टीको भावी कार्यक्रमको बारेमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य नवराज तिमल्सिनाले बताए ।

बैठकमा कांग्रेसको जिल्ला कार्यसमिति, प्रतिनिधिसभा तथा प्रदेशसभाको उम्मेद्वारहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरू, जिल्लाको १३ वटै स्थानिय तहको निर्वाचन परिचालन समितिको संयोजकहरू, भातृसंस्था प्रमुखहरूको सहभागिता रहनेगरी नेपाली कांग्रेस जिल्ला सभापति रमेश धमलाले बैठक हुन्, जिल्ला सदस्य तिमल्सिनाले बताए ।