हप्पाले पिटे क्रान्तिकारी उपाध्यक्ष विमल तामाङलाई

Avatar photo
Dhadingpost
सोमवार, पुस १०, २०७४

धादिङबेसी पौष १० । युवा संघ धादिङका उपाध्यक्ष हप्पा गुरुङ्ले अखिल क्रान्तिकारी धादिङका उपाध्यक्ष विमल तामाङलाई कुटपिट गरेका छन् ।

आईतबार धादिङबेसी स्थित मालेबगरमा सोमबार हुने क्रिसमस कार्यक्रम तयारी सकेर मिलनटोल आउँदै थिँए, पहरे चौतारामा हप्पाको टिम रहेछ, मलाई पछाडीबाट एक्कासी मुक्का हानेपछि उसका अन्य केटाहरुले पनि हिर्काए हामी सँग विमल तामाङले बताए ।

कुनै विवाद विनानै एक्कासी कुटाई खानु पर्यो, म कहिल्यै मापासे गर्दिन हप्पा सँग कुनै विवाद पनि थिएन, चुनावमा एउटै अभियानमा कयौँ दिन सँगै हिडियो तर किन हप्पाले आक्रमण गरे आफैँ दंग परेको उनले बताए ।

मलाई हिर्काउन थालेपछि नजिकै गस्तिमा रहेको प्रहरी आएर हप्पा र उसको केटाहरुलाई लखेट्यो नत्र मार्नपनि सक्थ्ये अहिले हातको पाखुरा टाउकोमा सामान्य समस्या हिड्डुल गर्न पनि गाह्रयो भैरहेको छ, कुट्न समेत कुटे तामाङले बताए ।

हप्पा केहि वर्ष पहिला धादिङको गुण्डा गर्दीमा कहलिएको नाम हो, विभिन्न घटनामा प्रहरीले पक्राउ गरि जेल जिवन समेत अनुभव गरि सकेका हप्पा, पछिल्लो समय राजनीतिमा प्रवेस सँगै उश्रृङ्खल गतिविधिबाट टाडै थिए ।

अखिल क्रान्तिकारी धादिङमा अध्यक्ष माधव छत्कुलीले आफ्नो संगठनका उपाध्यक्ष माथि भएको आक्रमण खेदजन्य भएको बताउँदै, यस्तो दुखद घटना प्रति दुबै पार्टीले संवेदनशिल हुनुपर्ने बताउनु भयो ।