धादिङबेसी पौष ९ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले छैटौँ धादिङ महोत्सव पौष २६ गतेबाटै हुने बताउनु भएको छ ।
सामाजिक संजालहरुमा महोत्सव स्थगित भएको प्रचार गरिएको प्रति आश्चर्य व्यक्त गर्दै अध्यक्ष दुवाडीले महोत्सव समग्र धादिङको पहिचाहन झल्कने गरि गर्न सबैको सहयोग अपरिहार्य भएको बताउँदै सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
विगतका महोत्सवहरुमा भएका कमि कमजोरी सच्याएर छैटौ धादिङ महोत्सव हुने बताउँदै उँहाले स्थगितको भन्दा सहयोग र र चनात्मक सुझाव दिएर सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
धादिङपोष्ट सँग कुरा गर्दै अध्यक्ष दुवाडीले भन्नुभयो, महोत्सवका सामाग्रहरु आई सकेको र व्यवसायीहरु महोत्सवको तयारीमा जुटी सकेको बताउँदै धादिङ मोहोत्सव विगतको भन्दा भव्य र सभ्य हुन्छ सबै आआफ्नो ठाउँबाट जुटौ समिक्षा महोत्सव सम्पन्न भएपछि गराँैला ।