अपाङ्गता परिक्षण तथा सहायता सामाग्री वितरण

Avatar photo
Dhadingpost
आइतवार, पुस ९, २०७४

धादिङ पौष ९ । धादिङको गजुरी गाउँपालिका गजुरी बजारमा अपाङ्गता परिक्षण तथा सहायता सामाग्री वितरण गरिएको छ ।

कार्यक्रममा शारीरिक र बौद्धिक अपाङगता भए धादिङका ७६ जनालाइ बिशेष फिजियो थेरापी सेवा, सेतो छडी ३ जनालाइ, कम्बरमा बाँध्ने पेटी १४ जनालाइ, बैशाखी ४ जनालाई, लट्ठी २२ जनालाइ बितरण गरिएको हो ।

सहायक सामाग्रीहरुमा क्यालिफर १० जनालाइ, कुहीनो भन्दा मुनिको कृत्रिम हात ५ जनालाइ, कुहिनो भन्दा माथिको ४ जनालाइ, घुँडा भन्दा मुनी कृत्रिम गोडा ७ जनालाइ, बिशेष जुत्ता तीनजोर नाप गरिएको अपांग कल्याण संघ गजुरीका अध्यक्ष एवम् अपांग महासंघका केन्द्रिय सदस्य गुणराज खतिवडाले बताउनु भयो ।

राष्ट्रिय अपांगताकोष मृकुटी मण्डप काठमाण्डौँको आयोजना र गजुरी र सिद्धलेक गाउँपालिका, अपांग कल्याणसंघ गजुरी र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र धादिङको सहयोगमा सञ्चालन भएको एकदिने अपांगता परिक्षण शिविरमा ८६ जनाले अपांगता परिक्षण गराएका थिए ।