यस वर्षको एसईई परिक्षा तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
बुधबार, पुस ५, २०७४

धादिङ पौष ५ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७४ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका प्रमुख अम्बिका प्रसाद रेग्मीका अनुसार यस वर्षका एसईई आगामी चैत्र ८ गते बिहिबार देखि हुने भएको छ ।

यस्तो छ परिक्षा तालिका

चैत ८ गते बिहीबार अनिवार्य अग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अङ्ग्रेजीको परीक्षा सञ्चालन हुनेछ ।

यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ । चैत १० गते शनिबार र ११ गते आइतबार भने चैते दसैँ परेकोले सार्वजनिक बिदा छ ।

चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र वेदविद्याश्रम अन्तर्गत अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ । १४ गते प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट, माकेर्टिङ, इञ्जिनियरिङ, ड्रइङ, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।

चैत १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयहरुको परीक्षा हुनेछ । प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेण्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनियरिङ सर्भेईङको परीक्षा हुने छ ।

चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रमतर्फ ऐच्छिक विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ ।

चैत १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जि, डाटाबेस म्यानेजमेण्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

चैत १८ गते प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इञ्जिनियरिङको परीक्षा हुनेछ ।

चैत १९ गते प्राविधिक विषयतर्फ एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माईक्रो प्रोसेस, हाइवे इञ्जिनियरिङ, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ ।

अन्तिम दिन चैत २० गते प्राविधिकतर्फ फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याब्रोटरी टेक्निक, इण्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेण्टेड प्रोग्रामिङ, ईष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।