न एमाले रहन्छ न माओवादी केन्द्र रहन्छ -ओली

Avatar photo
Dhadingpost
बुधबार, पुस ५, २०७४

काठमाडौ पौष ५ । नेकपा एमालेका अध्यक्ष खड्कप्रसाद ओलीले न एमाले रहन्छ न माओवादी केन्द्र नै रहने बताएका छन् ।

यी दुई पार्टी एकताको प्रक्रियामा रहेका बेला एमाले अध्यक्ष ओलीले एकता पश्चात यी एमाले र माओवादी केन्द्र दुबै नाम नरहने बताएका हुन् ।

काठमाडौमा भएको एक कार्यक्रममा ओलीले पार्टी एकता भएरै छाड्ने दावी गर्दै दुबै पार्टी कार्यकर्ताहरु पार्टी एकता हुँदैन कि भन्ने भ्रम नपाल्न समेत अध्यक्ष ओलीले आग्रह गरे ।

पार्टी एकता हुन नदिने चलखेल बाहिर मात्र हैन दुबै पार्टी भित्र समेत रहेको बताउँदै ओलीले एकता अपरिहार्यता रहेको बाम तालमेलका कार्यकर्ताको उत्सह र जनसमर्थनले देखाएको बन्दै एकता हुनेमा दुविधा छैन ।

गैँडाको तुलना गर्दै कार्यकर्तालाई यसरी हँसाय
‘अहिले पनि केहि व्यक्रि गैँडाका जस्ता जिव्रा लिएर माया गरेको स्वाङ पार्दै चाट्न खोज्दैछन’ राष्ट्रिय सभागृहमा खचाखच भरिएका कार्यकर्तालाई हँसाउदै ओलीले भन्नुभयो ‘गैँडाले चाट्यो भने के हुन्छ थाहा छ नि, जहाँ चाट्यो त्यैँ घाउ हुन्छ, त्यसरी यसो एक किस गरौँ न त भनेर चाट्न खोज्नेहरुप्रति सचेत हुनुहोला ।’