धादिङमा समानुपातिकमत गणना जारी सुर्य अग्र स्थानमा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २५, २०७४

धादिङ मंसिर २५ । धादिङमा समानुपातिक मत गणना जारी छ । धादिङ प्रतिनिधी सभा क्षेत्र नं. १ को अहिले सम्मको गणनामा रुर्य चिन्ह अग्र स्थानमा देखिएको छ । क्षेत्र नं. १ को ४६,४२७ मत गणना सकिए सँगै सूर्य पहिलो स्थानमा दोस्रो रुख र तेस्रोमा गोलाकार भित्रको हँसिया हथौडा छ ।

यस्तै धादिङ प्रतिनिधी सभा क्षेत्र नं. २ को अहिले सम्मको मत गणनामा पनि नेपाली सुर्य नै प्रथम स्थानमा छ भने क्रमस नेपाली काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । अहिले सम्म क्षेत्र नं. २ को ३२,६९९ मत गणना भैसकेको छ । प्रत्यक्ष तर्फ सबै क्षेत्र हारेको नेपाली काँग्रेस समानुपातिकमा भने तेस्रो स्थानको माओवादी केन्द्र भन्दा क्षेत्र नं. १ मा दोब्बर मतले दोस्रो स्थानमा छ भने क्षेत्र नं. २ मा करीब २ हजार मतले दोस्रो स्थानमा छ ।

प्रतिनिधी सभा तर्फको समानुपातिक मत गणना सार्वजनिक गरेएपनि प्रदेश सभा तर्फको समानुपातिक मत गणना सार्वजनिक गरिएको छैन ।

यस्तो छ अहिलो सम्म धादिङ जिल्लाको समानुपातिक
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा ४६४२७ गणना हुँदा

सुर्य -२२०४४
रुख -१०६९३
हसिया हथौड़ा -७४६०
गाई -१०२६
आखा -३१२
तराजु -७८०
हसिया तारा -२१९
गोरु गाडा पाङ्गग्रा -१२०

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा ३२६९९ गणना हुँदा
सुर्य -९६०१
रुख -७९४३
हसिया हथौड़ा -५३८०
गाई -५३६१
आखा -६८६
तराजु -९६
हसिया तारा -१०७
कुखुराको भाले -१४०