धादिङबेसी मंसिर २४ । प्रतिनिधीसभाका दुई र प्रदेशका चारवटै क्षेत्रमा बिजय हाँसिल गरेको बाम गठबन्धनको विजय र्याली र सभाहरु सुरु गरेको छ ।
आईतबार साँझ सम्पन्न पत्रकार भेटघाटमा वाम गठबन्धन धादिङ प्रतिनिधी सभा क्षेत्र २ अन्तरगत प्रदेश सभा १ ले विजयी जुलुस र र्याली गर्ने मिति र स्थान सार्वजनिक गरेको हो ।
धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा आयोजि पत्रकार भेटघाट कार्यक्रममा धादिङ प्रतिनिधीसभाका विजयी उम्मेदवार खेमप्रसाद लोहनीले निर्वाचित नजप्रतिनिधीहरुको पहिलो काम सुशासनको हुने बताउनु भएको थियो । पत्रकारहरुको जिज्ञासामा राष्ट्रिय गौरवको योजना सम्पन्न गर्ने, पिडितहरुलाई मुअब्जा वितरणमा कञ्जुस्याई नगर्ने बताउनु भएको थियो ।
यस्तै पत्रकारको जिज्ञासामा निर्वाचित प्रदेश सभा १ का उम्मेदवार डा. रामकुमार अधिकारीले प्रदेशको नीति नियम बने सँगै विकासले गतिलिने बताउँदै विकसित मुलुकले थोरै समयमा धेरै काम गरे, हामीले धेरै समयमा पनि उल्लेख्य काम गर्न सकेनौ, अब थोरै समयमा उलेख्य काम गर्नु पर्ने अभिभारा जनताले बोकाएको महसुस भएको बताउनु भएको थियो ।
यस्तो छ विजय जुलुस तथा सभा हुने स्थान र मिति
१. मंसिर २५ गते धुँवाँकोट समय बिहान ८ बजे
२. मंसिर २५ गते नीलकण्ठ १ धुसेनी दिउँसो ११ बजे
३. मंसिर २५ गते नीलकण्ठ भवन घर दिउँसो २ बजे
४. मंसिर २६ गते नीलकण्ठ ४ गैरीगाउँ बिहान ११ बजे
५. मंसिर २६ गते नीलकण्ठ ७ पिपलछाप दिउँसो २ बजे
६. मंसिर २७ गते नीलकण्ठ ६ सुनौलाबजार बिहान ११ बजे
७. मंसिर २७ गते नीलकण्ठ ५ फ्याक्से दिउँसो २ बजे
८. मंसिर २८ गते कटुञ्जे बजार बिहान ११ बजे
९. मंसिर २८ गते थर्पुबजार दिउँसो २ बजे
१०. मंसिर २९ गते सेमजोङ चौतारा बिहान ८ बजे
११. मसिर २९ गते मार्पाक मिलन बजार दिउँसो २ बजे
१२. पौष ६ गते ढोला राना चौतार बिहान ११ बजे
१३. पौष ६ गते मैदी सातदोवाटे दिउँसो २ बजे
१४. पौष ७ गते खरी मैदान बिहान ११ बजे
१५. पौष ७ गते चैनपुर दिउँसो २ बजे
१६. पौष ८ गते नीलकण्ठ ९ मुरलीभञ्ज्याङ ज्यामिरे बिहान ११ बजे
१७. पौष ८ गते नीलकण्ठ १२ साङ्कोष रिजाल डाँडा दिउँसो २ बजे