धादिङ मंसिर २३ । नेपाली काँग्रेस धादिङ सभापतिरमेश धमलाले प्रतिनिधी सभार र प्रदेश सभाको प्रत्यक्ष तर्फको मत गणना पछि विज्ञप्ती जारी गर्दै विजयी वाम गठबन्धनका उम्मेदवारलाई बधाई दिएको छ ।
शनिबार बिहान नेपाली काँग्रेस जिल्ला सभापति रमेश धमलाले विज्ञप्ती मार्फत भनेका छन्मं, सिर १० गते सम्पन्न निर्वाचनमा उत्साहपूर्वक सहभागी भइ मतदान गर्नुहुने सबै मतदाता आमाबुबा, दिदीबहिनी र दाजुभाइहरुलाई हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु । साथै नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्नुहुने सबै मतदाता आमाबुबा, दिदीबहिनी र दाजुभाइहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आबध्द भइ सहयोग गर्नुहुने सहयोध्दा राजनीतिक दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र नयाँ शक्ति नेपाल पार्टीप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु । लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न अहोरात्र लाग्नु भएका नेपाली कांग्रेस र गठबन्धन संबध्द सबै नेताकार्यकर्ताहरु प्रति पनि आभार र धन्यवाद व्यक्त गर्दछु । साथै निर्वाचनको मतगणनासम्मको सम्पूर्ण प्रक्रियालाई सफलताको साथ सम्पन्न गर्न लाग्नुहुने सबै राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृत , सहायक निर्वाचन अधिकृतहरु, मतदान अधिकृतहरु, निर्वाचन कर्मचारीहरु, सञ्चारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, स्वयंसेवकहरु, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यवेक्षकहरु सबैलाई हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछु ।
यो निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधान २०७२ कार्यान्वयन गराइ विद्यमान राजनीतिक संक्रमणकाल अन्त्य गरी मुलुकलाई स्थिरता र सम्बृध्दिको पथमा अघि बढाउने महत्वपूर्ण फड्को पार भएको छ, विज्ञप्तीमा भनिएको छ ।