वाम गठबन्धनको विजय जुलुस १० बजे धादिङबेसीमा

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २३, २०७४

धादिङबेसी मंसिर २३ । धादिङका सबै क्षेत्रमा विजयी हासिल गरेको नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले बिहान शनिवार बिहान १० बजे धादिङबेसीमा विजय जुलुस गर्ने वाम गठबन्धन प्रतिनिधि सभा क्षेत्र नं.२ कार्यालयका भेषराज रिजालले बताएका छन् ।

मत गणनाको पर्खाईमा रहरेका मतदाताहरु धादिङबेसी आउने क्रम जारी रहरेको र १० बजे उल्लास मय वातावरणमा धादिङबेसीमा विजयी र्याली तथा मतदाता लाई धन्यावाद ज्ञापन कार्यक्रम गरिने समेत बताईएको छ ।

विजयी उम्मेदवार र प्रतिद्वन्दी उम्मेदवार

धादिङ प्रतिनिधी सभा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यमा
विजयी उम्मेदवारः नेकपा एमाले भुमी त्रिपाठी प्राप्त मत ४९४२१
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस विश्व अर्याल २१९६८

धादिङ प्रतिनिधी सभा क्षेत्र नं १ अन्तर गत प्रदेश १ मा
विजयी उम्मेदवारः नेकपा एमाले राजेन्द्र प्रसाद पाण्डे प्राप्त मत २७,३३२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस मधुकुमार श्रेष्ठ १३, ६४७

धादिङ प्रतिनिधी सभा क्षेत्र नं.१ को प्रदेश २ बाट
विजयी उम्मेदवारः माओवादी केन्द्र शालिकराम जमकट्टेले प्राप्त मत २३३८२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रस प्रभात किरण सुवेदी १०४०७

धादिङ प्रतिनिधी सभा क्षेत्र नं २ बाट
विजयी उम्मेदवारः नेकपा एमाले खेमप्रसाद लोहनी प्राप्त मत ३६५५३
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रस दिलमान पाख्रिन प्राप्त मत ३५६१४

धादिङ प्रतिनिधी सभा क्षेत्र नं। २ को प्रदेश १ बाट
विजयी उम्मेदवारः नेकपा एमाले डा. रामकुमार अधिकारी प्राप्त मत २०,३६८
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस रमेश धमला १९०१४

धादिङ प्रतिनिधी सभा क्षेत्र नं. २ को प्रदेश २ बाट
विजयी उम्मेदवारः माओवादी केन्द्र जगत सिंखडा प्राप्त मत १७६०५
प्रतिद्वन्दी उम्मेदवारः राप्रपा डम्बर तामाङ १०४०७