धादिङ मंसिर २३ । धादिङमा प्रतिनिधि क्षेत्र नं. १ सहित ४ वटै प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
धादिङ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा सबै भन्दा धेरै मतान्तरमा वामगठबन्धनका नेता तथा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी ४९ हजार ४२१ मत ल्याउँदै काँग्रेसका विश्व अर्याललाई पराजित गरेका थिए । प्रतिद्वन्दी अर्यालले२१ हजार ९६८ मत ल्याएका थिए ।
धादिङका सबै प्रदेशहरुमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । अब जतिजा आउन बाँकी क्षेत्र नं. २ मा पनि बाम गठबन्धनका खेम लोहनी अगाडी छन् यहिले सम्मको मत गणनामा खेम लोहनीले ३२,०३३ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार दिलमानले ३१४६३ मत ल्याएका छन् ।
विजयी उम्मेदवार र प्रतिद्वन्दी उम्मेदवार
धादिङ प्रतिनिधी सभा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यमा
विजयी उम्मेदवारः नेकपा एमाले भुमी त्रिपाठी प्राप्त मत ४९४२१
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस विश्व अर्याल २१९६८
धादिङ प्रतिनिधी सभा क्षेत्र नं १ अन्तर गत प्रदेश १ मा
विजयी उम्मेदवारः नेकपा एमाले राजेन्द्र प्रसाद पाण्डे प्राप्त मत २७,३३२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस मधुकुमार श्रेष्ठ १३, ६४७
धादिङ प्रतिनिधी सभा क्षेत्र नं.१ को प्रदेश २ बाट
विजयी उम्मेदवारः माओवादी केन्द्र शालिकराम जमकट्टेले प्राप्त मत २३३८२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रस प्रभात किरण सुवेदी १०४०७
धादिङ प्रतिनिधी सभा क्षेत्र नं. २ को प्रदेश १ बाट
विजयी उम्मेदवारः नेकपा एमाले डा. रामकुमार अधिकारी प्राप्त मत २०,३६८
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस रमेश धमला १९०१४
धादिङ प्रतिनिधी सभा क्षेत्र नं. २ को प्रदेश २ बाट
विजयी उम्मेदवारः माओवादी केन्द्र जगत सिंखडा प्राप्त मत १७६०५
प्रतिद्वन्दी उम्मेदवारः राप्रपा डम्बर तामाङ १०४०७