धादिङ २ को प्रदेश १ मा डा. रामकुमार अधिकारी विजयी

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २३, २०७४

धादिङ मंसिर २२ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं। २ को प्रदेश १ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता डा. रामकुमार अधिकारी २०,३६८ मतका साथ विजयी भएका छन् ।

मत गणनाको धेरै जसो अवधी कडा प्रतिस्पर्धा गरेका नेपाली काँग्रेसका रमेश धमलालाई १३५४ मत पछि पार्दै पराजित गरेका हुन् । प्रतिद्वन्दी धमलाले १९०१४ मत प्राप्त गरेका थिए ।

डा. अधिकारीको संक्षिप्त प्रोफाइल

रहेको धादिङ साविकको धुवाँकोट ८ मा जन्मिएका डा। राम कुमार अधिकारी एमालेको ३ नम्बर प्रदेश कमिटीका सदस्य हुन् । उनी महाराजगञ्ज मेडिसिन क्याम्पसबाट पिएचडी गर्ने पहिलो व्यक्तिसमेत हुन् । २०३७ सालमा अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु पाँचौंको सहप्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका अधिकारी २०४३ सालमा चैनपुर गाउँ सक्रिय दलको सदस्य बने । त्यसपछि तत्कालीन भूमिगत पार्टी मालेको इलाका नम्बर ५ कमिटी सदस्य बनेका अधिकारी २०४९ नेकपा एमालेको जिल्ला कमिटी सदस्य बने । हाल उनी पार्टीको प्रदेश कमिटी सदस्य तथा एमाले निकट बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य हुन् ।