धादिङ १ को प्रदेश १ बाट एमालेका नेता राजेन्द्र पाण्डे विजयी

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २२, २०७४

धादिङ मंसिर २२ । नेकपा एमालेका पोलिट ब्यूरो सदस्य तथा वाम गठबन्धनबाट धादिङ क्षेत्र नं. १ को प्रदेश १ बाट उम्मेदवारी दिएका राजेन्द्र प्रसाद पाण्डे भारि मतको अन्तरले विजयी भएका छन् ।

नेपाली राजनितिबाट आष्ट्रिय अन्तिराष्ट्रिय छवि बनाएका पाण्डे नेपाली काँग्रेका प्रतिस्पर्धी मधुकुमार श्रेष्ठको १३६४७ मतको विरुद्ध २७३३२ मत ल्याई पाण्डे विजयी भएका हुन् ।

यस्तो छ राजेन्द्र पाण्डेको प्रोफाइल
२०१३ सालमा साविकको गजुरी गाविस वडा नम्बर ८ मा जन्मिएका पाण्डे २०४८ यताका संसदीय निर्वाचनमा लगातार उम्मेदवार बन्दै आएका नेता हुन् । यसपटक उनी वाम गठबन्धनको तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा एम.ए. सम्मको अध्ययन गरेका पाण्डे सक्रिय राजनीतिमा आउनुअघि ९२०३४–२०४२० शिक्षण पेसामा आबद्ध थिए । उनले २०३३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए ।

त्यसपछि २०३४ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापकसहित २ कार्यकाल धादिङ जिल्ला अध्यक्ष भएर काम गरे । २०३६ सालबाट ८ वर्षसम्म उनी पार्टीको जिल्ला सचिव भए । पाण्डे २०५० देखि ०५६ सालसम्म नेकपा एमाले बाग्मती अञ्चल कमिटी सचिव र २०५५ सालमा पार्टी केन्द्रीय सदस्य बने भने २०६५ सालदेखि पोलिटब्युरो सदस्य छन् ।

२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवारु भन्दै उम्मेदवारी दिएका पाण्डे पराजित हुन पुगे । यद्यपी २०४४ सालमा जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भए । पाण्डे प्रतिनिधिसभा सदस्यमा साविकको धादिङ क्षेत्र नम्बर ३ बाट २०४८, ०५१ र ०५६ मा विजयी भएका थिए। २०५१ को निर्वाचन संसदमा एमालेको प्रमुख सचेतक बनेका पाण्डे २०६५ साल जेठ ८ देखि चैत १५ गतेसम्म स्थानीय विकास मन्त्री बने ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका शालिकराम जम्कट्टेलसँग फराकिलो मतान्तरले पराजित भएका पाण्डेले २०७० मा भने जम्कट्टेललाई पराजित गर्न सफल भए । यसपटक पनि उनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने मनस्थितिमा थिए । तर, पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष भूमि त्रिपाठीले प्रतिनिधिसभातर्फ टिकट पाएपछि उनी मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।