धादिङबेसी मंसिर २२ । मंसिर १० गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको लागि भएको निर्वाचनको मत गणनामा धादिङ १ क्षेत्र र यस अन्तरगतको दुई वटै प्रदेशमा भारी मतले माव गठबन्धनका उम्मेदवारहरु अगाडी छन् ।
धादिङबेसीमा बिहिबार साँझबाट सुरुभएको प्रतिनिधी सभा र प्रदेस सभाको मतगणनामा वाम गठबन्धनका उम्मेदवारहरु भुमी त्रिपाठी, राजेन्द्र पाण्डे र शालिक राम जमकट्टेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विश्व अर्याल, मधुकुमार श्रेष्ठ र प्रभात किरण सुवेदी भन्दा अगाडी रहेका हुन् ।
यस्तो छ पछिल्लो मत अपडेट
धादिङ प्रतिनिधिसभा क्षेत्र नं १
भूमि त्रिपाठी नेकपा एमाले २१४७८ (अपडेट बाँकी)
विश्व अर्याल नेपाली काँग्रेस ९७२३ (अपडेट बाँकी)
धादिङ क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे नेकपा एमाले २०५५२
मधुकुमार श्रेष्ठ नेपाली काँग्रेस १०१३८
क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल माओवादी केन्द्र १७२०२
प्रभातकिरण सुवेदी नेपाली काँग्रेस ७१७८
धादिङ प्रतिनिधिसभा क्षेत्र नं २
खेम लोहनी नेकपा एमाले १५९८७
दिलमान पाख्रिन नेपाली काँग्रेस १५३९०
धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी नेकपा एमाले १३८१५
रमेश धमला नेपाली काँग्रेस १३२६१
धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिम्खडा माओवादी केन्द्र १४०९२
डम्बर तामाङ राप्रपा १३३३०