गणना जारीः धादिङ २ को प्रदेश २ मा १० हजार मत गन्न बाँकी

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २२, २०७४

धादिङबेसी मंसिर २२ । धादिङ क्षेत्र नं. २ अन्तरगत प्रदेश २ को प्रदेश सदस्यको १० हजार मत गन्न वाँकी रहेको निर्वाचन कार्यालय धादिङले जानाएको छ ।

जम्मा ५४ हजार २३७ मतदाता रहेको यस प्रदेशमा ३५ हजार ६०७ मत खसेको थियो । अहिले सम्म २२ हजार ३५५ मत गणना हुँदा माओवादी केन्द्रका जगत सिंखडाले ११४४१ मत र राप्रपाका डम्बर तामाङ ११३६१ मत प्राप्त गरेका छन् ।

प्रतिनिधी सभा तर्फ एमालेका खेम लोहनीले १३८३८ र नेपाली काँग्रेसका दिलमान पाख्रिनले १३२५० मत प्राप्त गरेका छन् ।

यसै गरि क्षेत्र नं. २ कै क्षेत्र नं. १ मा एमालेका डा. रामकुमार अधिकारी र नेपाली काँग्रेसका रमेश धमलाको कडा प्रतिस्पर्धा देखिएको छ । यस प्रदेशमा २४ हजार ५१४ मत गणना हुँदा अधिकारीले ११५०० र धमलाले ११३८३ मत प्राप्त गरेका छन् ।

धादिङ क्षेत्र नं. १ मा प्रतिनिधी सभा र प्रदेश दुबैमा वाम गठबन्धनका उम्मेदवारहरु धेरै मतान्तरमा अगाडी देखिएका छन् । प्रतिनिधी सभा सदस्य तर्फ नेकपा एमालेका भुमी त्रिपाठी १८४९९ र नेपाली काँग्रेसका विश्व अर्याल ले ८,७७२ मत प्राप्त गरेका छन् ।

यसै क्षेत्रको प्रदेश १ तर्फ एमालेका राजेन्द्र पाण्डे १३७७८ र काँग्रेसका मधुकुमार श्रेष्ठ ले ६३२१ मत प्राप्त गरेका छन् । यस्तै प्रदेश २ मा माओवादी केन्द्रका शालिकराम जमकट्टेल १२४१६ र नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीले ६१४७ मत प्राप्त गरेका छन् ।