धादिङ मत गणना जारी बाम गठबन्धन अगाडी (अपडेट)

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २२, २०७४

धादिङ मंसिर २२ । धादिङबेसीको जिल्ला समन्वय समिति र जिल्ला भू संरक्षण कार्यालयमा विहिबार साँझ ५ः३० देखि मतगणना जारी रहेको छ । प्रत्यक्ष तर्फको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको मत गणनाको पछिल्लो अपडेट अनुसार धादिङमा वाम गठबन्धन अगाडी देखिएको छ ।

प्रत्यक्ष्य तर्फको मत गणना सम्पन्न भए पछि मात्र समानुपातिक तर्फको मत गणना गरिने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १
भूमि त्रिपाठी नेकपा एमाले १५०९९
विश्व अर्याल नेपाली काँग्रेस ६८८७

धादिङ क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे नेकपा एमाले ११,६८५
मधुकुमार श्रेष्ठ नेपाली काँग्रेस ५२८०

क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल माओवादी केन्द्र १०३६६
प्रभातकिरण सुवेदी नेपाली काँग्रेस ४५७१

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २
खेम लोहनी नेकपा एमाले ९९९५
दिलमान पाख्रिन नेपाली काँग्रेस ८२१५

धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी नेकपा एमाले ८१९१
रमेश धमला नेपाली काँग्रेस ७९९९

धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा माओवादी केन्द्र ९३३३
डम्बर तामाङ राप्रपा ८५३९