धादिङ मंसिर २१ । धादिङमा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना एकै पटक सुरुभएको छ ।
प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ र यस अन्तरगतका प्रदेश सभाको मत गणना जिल्ला भु–संरक्षण कार्यलयको हल र प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ र यस अन्तरगतको प्रदेश सभा सदस्यको मत गणना जिल्ला समन्वय समितिको हलमा साँझ ५ः३० बजे देखि गणना सुरु भएको हो ।
विभिन्न मत पेटिकाको मत मिसाएर सुरु गरिएको मत गणनामा उम्मेदवार र एजेन्टहरुलाई तारको जाली बाहिर राखेर गणना सुरुभएको हो । मत गणनाको पहिलो जानकारी आउन करिब १० बज्न सक्ने निर्वाचन अधिकृत योगनाथ ढकालले बताउनु भएको छ ।
मतपत्रको संख्या
प्रतिनिधि सभा क्षेत्र नं १ जम्मा मतदाताः १,१८,१५० खसेको ७९,४२३
प्रदेश सभा १ (क) जम्मा मतदाताः ६५,४५८ खसेकोः ४३,५६४
पदेश सभा २ (ख) जम्मा मतदाताः ५२,६९२ खसेकोः ३५,८५९
सभा क्षेत्र नं २ जम्मा मतदाताः १,१५,३५५ खसेकोः ७६,९५०
प्रदेश सभा १ (क) जम्मा मतदाताः ६१,११८ खसेकोः ४१,३४३
प्रदेश सभा २ (ख) जम्मा मतदाताः ५४,२३७ खसेकोः ३५,६०७
फोटो क्याप्सनः मत गणनाको लागि जिल्ला निर्वाचन अधिकृत योगनाथ ढकाल मतपेटीकाबाट मत खन्याउँदै ।