धादिङबेसी मंसिर २० । धादिङबेसी सदरमुकाममा दलका कार्यकर्ताको जमघट सुरुभएको छ । जित्ने आ–आफ्नै दावी गरि रहेका छन् भने जिल्ला निर्वाचन कार्यालयले भने विहिबार साँझबाट मत गणना गर्नेगरि तयारी गरेको छ ।
मतगणना स्थलमा उम्मेदवार र दलका प्रतिनिधिहरुलाई मत छुन समेत नमिल्ने गरि गणना स्थललाई तारबार लगाईएको छ । मतदान स्थलमा पत्रकारलाई समेत फोटो खिच्न तोकिएको समय भन्दा बहेक बस्न नदिने बताईएको छ ।
धादिङमा प्रतिनिधि सभा सदस्यमा २ जना निर्वाचित हुने र प्रदेश सभामा ४ जना निर्वाचित हुने भोलि साँझ देखि सुरुहुने मत गणनामा कुल १ लाख ५६ हजार ३७३ मत गणना हुने छ ।