धादिङबेसी मंसिर १९ । मंसिर २१ गते साँझबाट सुरु हुने प्रतिनिधी सभा र प्रदेश सभाको मतगणनामा उम्मेदवार र उम्मेदवारका प्रतिनिधीहरुले मतपत्र छुन समेत नपाउने भएका छन् ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको निर्वाचन आयुक्त पौडेलका अनुसार निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक पार्टीका प्रतिनिधिलाई मतपत्र छुन नपाउने गरी व्यवस्था गरेको हो । निर्वाचन आयुक्त पौडेलले पत्रकार सँग कुरा गर्दै मतगणना स्थलमा उच्च सुरक्षा सर्तकता अपनाइने पनि बताए ।
निर्वाचन आयोगले ८ दिन भित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना पनि बनाएको छ ।