धादिङ महोत्सव पौष २६ देखि हुने, तयारी तिब्र

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १६, २०७४

धादिङ मंसिर १६ । धादिङ उद्योग वाणिज्य संघले पौष २६ गते देखि हुने धादिङ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ ।

संघका अध्यक्ष बोदनाथ दुवाडीका अनुसार विगतको भन्दा यस छैटौँ धादिङ महोत्सव झनै सव्य र भव्य जिल्लाको पहिचान झल्कने गरि महोेत्सव तयारीलाई तिब्रता दिइएको हो ।

धादिङबेसी स्थित रायटार प्लटिङमा हुने महोत्सवमा महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेको आयोजकहरुले जानकारी दुवाडीले दिनुभयो ।

यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिज जन्य उत्पादनको प्रदर्शनी गरिने छ ।

महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचार-प्रसार एवम् प्रवर्द्धनको लागि प्याराग्लाइडिङ तथा हेलिकप्टरबाट दृश्यावलोकन एवम् जिल्लाको पर्यटकीय क्षेत्रहरुको जानकारी गराउनुको साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी रहेको बताइएको छ ।

अघिल्ला महोत्सवहरु जस्तै यस पटक पनि कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको विकासका लागि महोत्सवको आयोजना गरिएको संघका अध्ययक्ष दुवाडीले बताउनु भयो ।