धादिङ मंसिर १५ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगत सर्तुङ स्थित बोराङको मुक्राव देवि मावि मतदान केन्द्रमा भुकम्पमा परेर मृत्यू भएका १७ जनाको नामबाट मतदान गरेको फेला परेको छ ।
यस मतदान केन्द्रका मतदान गर्ने मतदाता परिचय पत्रमा नाम भएका १ जना आत्महत्या, ८ जना कालगतीले मृत्यू, ८ जनाको भुकम्पमा परि मृत्यूभएको थियो । मतदाता नामावलीमा नाम नहटाईएका यी व्यक्तिहरुको नामबाट पनि मतदान भएको कुल खसेको मत संख्याले बताए पछि मृतकहरुको नामबाट पनि मतदान भएको खुल्न आएको हो ।
धादिङको सबै भन्दा बढी ९९.२६ प्रतिशद मतदान भएको यस मतदान केन्द्रमा मृतकहरुको नाममा रहेको मतदान परिचय पत्र प्रयोग गद्र्रै मतदान गरिएको माओवादी केन्द्र सेर्तुङका एक नेताले बताए ति नेताका अनुसार यस मतदान केन्द्रमा मतदान गर्ने करि तीन दर्जन युवाहरु विदेश छन् । उनका अनुसार माओवादी केन्द्र निकट कार्यकर्ताले समेत मतदान गर्न नपाएको यस कतदान केन्द्रमा यति धेरै मतदान हुनु सबैको चासो बनेको छ ।
राप्रपा नेता बुद्धिमान तामाङको गाउँको रुपमा परिभाषित बोराङ मतदान केन्द्रमा कुल मतदाता संख्या ८१५ जना थियो भने मतदान ८०९ जनाले गरेका थिए ।
त्यस मतदान केन्द्रका मतदान अधिकृत होम प्रसाद सिटौलाका अनुसार भौगोलिक विकटता र आफूले सबै मतदाता नचिनेको बताए । दलका प्रतिनिधिहरुले ख्याल गर्नुपर्ने हो, लाइनमा आए परिचय पत्र देखाएर मतदान गरे शान्तिपूर्ण मतदान भयो अधिकृत सिटौलाले बताए ।
मतदाता परिचय पत्र भएका यी मृतक जसको नामबाट मतदान भयो ।