मतादाताले भोट हाल्न नपाएको उत्तरी धादिङ -चन्द्र विक

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १५, २०७४

धादिङबेसी मंसिर १५ । मतदाता नै जान नपाएको मतदान केन्द्रमा सबै भन्दा बढी मत खस्नु, र मिडियाबाट शान्तिपूर्ण निर्वाचनको भएको सन्देश जानु उत्तरी धादिङका मतदाताहरुलाई अन्याय गरिएको तिप्लिङका चन्द्र विक बताउँछन् ।

हामीलाई मतदान केन्द्र छिर्न दिईएन, गाउँ, टोल-टोलका मतदाताहरु मतदान केन्द्रमा पुग्नै सकेनन्, अनि सबैभन्दा बढी मत तिनै मतदान केन्द्रमा खस्यो उत्तरी धादिङमा अहिले सम्म पूर्ण स्वतन्त्रता र स्वविवेक मतदान गर्न वञ्चित गरिँदै आएको छ, अहिलेको निर्वाचनमा पनि त्यहि भएको विकले बताए ।

रुबीभ्याली तिप्लिङ-२ ख्यामेटोलको पुरै दलित बस्ती मात्र होइन, च्यातगाउँ, दल्दुङ्, बिक टोल, लब्दुङका मतदाताले दोङ्देन मावि ठुलो गाउँ मतदान केन्द्रमा जानै पाएन् । जहाँ ९८.९२ प्रतिशत मत खसेको छ । यस्तै ९९.२६ प्रतिशत मत खसेको मुक्रापदेवि मावि मतदान केन्द्रमा पनि मतदाताले मतदान गर्न पाएनन् । बाम गठबन्धनका कार्यकर्ता त्यसमा पनि माओवादी केन्द्रका नेता कार्यकर्ताहरुलाई राप्रपा कार्यकर्ताले खोजी खोजि लखेटेको समेत विकले बताउनु भयो ।

उत्तरी धादिङको मतदान शान्तिपूर्ण र धाँदली पूर्ण नभएको बताउने सरोकारवालाहरुलाई चुनौत दिँदै विकले भने-अहिलेको जस्तो धाँदली पूर्ण चुनाव यस अहि भए कै थिएन । मतदातालाई जानै नदिई यति धेरै मत खस्नु धाँदली होइन ? उत्तरी क्षेत्रका मतदाताले चुनावको दिन भोट हाल्न भन्दा पनि ज्यान बचाउन धौ-धौ परेको स्मरण गर्दै सुरक्षाको फाइदा धाँदली गर्नेहरुले नै लिएको उनले जिकिर गरे ।

वाम गठबन्धनका उम्मेदवार र कार्यकर्ता माथि धरपकड

उत्तरी धादिङको मतदान देख्दा जति शान्तिपूर्ण देखिए पनि त्यसभित्रको अन्तर कथा व्यग्लै छ । बाम गठबन्धनले उत्तरी क्षेत्रको भोटलाई महत्व नदिनु र तल्लो क्षेत्रको मतलाई पकड राख्नु र लोकतान्त्रिक गठबन्धनले माथिल्लो क्षेत्रमा आफ्नो पकड जमाउन खोज्ने क्रममा निर्वाचनको दिन उम्मेदवार माथि भएको धरपकड समेत ओझेलमा पर्यो । निर्वाचनको दिन लोकतान्त्रिक गठबन्धनले फर्जीमत खसाल्न सक्ने सम्भावना ख्याल गर्दै सत्यदेविको बच्छलादेवि मतदान केन्द्र पुगेका बाम गठबन्धनका प्रदेश उम्मेदवार जगत सिंखडा माथि धरपकड भएको थियो ।

यस्तै खनियाबास कै बिरचेत मावि मतदान केन्द्रमा सेकेमान तामाङ आक्रमण, झार्लाङका माओवादी केन्द्रका कार्यकर्ता पूर्ण भन्ने अभिषेक तामाङ, मंग तामाङ लगायतलाई आक्रमण गरिएको थियो । त्यस्तै तिप्लिङमा चन्द्र विक, रामहादुर तामाङ, हेम थापाहरुलाई कुटपिट गरिएको माओवादी केन्द्र धादिङका रामबहादुर भण्डारीले बताउनु भयो ।

उत्तरी धादिङका जनताले आफ्नो मताधिकार प्रयोग गर्न नपाउनु दुःखदायी भएको बताउँदै भण्डारीले यस बिषयमा बामगठबन्धन भित्र आफ्नो मत जाहेर गरि सकेको समेत उहाँले बताउनु भयो ।

धादिङमा कुन मतदान केन्द्रमा कति मत खस्यो पूर्ण जानकारीको लागी तलको लिङ्क क्लिक गर्नु होला

धादिङ : निर्वाचन क्षेत्र नं १
धादिङ :निर्वाचन क्षेत्र नं २