धादिङ मंसिर ९ । मंसिर १० गते (भोली) हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
भोलि हुने मतदानलाई सहजकता अपनाउँदै मध्यरात देखि यातायात बन्द हुने पनि निर्वाचन कार्यालय धादिङले जनाएको छ । एम्बुलेन्स र सवारी पास लिएका सवारी बाहेक कुनै पनि सवारी साधनहरु मध्यरात देखि नै चल्न पाउने छैनन् ।
धादिङ जिल्लाबाट १ लाख १७ हजार ७०८ पुरुष, १ लाख १५ हजार ७९६ महिला र १ जना तेस्रो लिंगी गरि २ लाख ३३ हजार ५०५ जनाले मतदान गर्न पाउने छन् ।