ठाकुर गुरुङ प्रेस युनियनमा आवद्ध

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ८, २०७४

धादिङबेसी मंसिर ८ । स्थानिय चुनावमा माओवादी केन्द्रबाट नेत्रावती गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका तथा रेडियो बिहानी ९७.६ मेगाहर्ज धादिङका स्टेशन म्यानेजर एवम् प्रेस सेन्टर धादिङका कार्यबहाक अध्यक्ष ठाकुर गुरुङ प्रेस युनियनमा आवद्ध भएका छन् ।

मंसिर १० गते सम्पन्न हुन गहिरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मौन अवधि सुरुभैसके पछि गुरुङ प्रेस युनियनमा आवद्धभएका हुन् ।

ठाकुर गुरुङ सँगै रेडियो बिहानीका संचार कर्मी सिताराम परियार लगायत संचार कर्मीहरुले आफुहरु आजैबाट प्रेस युनियनमा आवद्ध भएको बताएका थिए । यूनियनमा आवद्ध भएसँगै प्रेस यूनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारीले आफ्नो फेसबुकमा पोष्ट गर्दै गुरुङलाई स्वागत गरेका छन् ।