धादिङ मंसिर ७ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं. अन्तरगत प्रदेश सभाका उम्मेदवार शिव सुवेदी भन्छन् मंसिर १० गतेको चुनावमा जनताले सुझबुझका साथ फैसला गर्दै छन् ।
यस प्रदेश भित्रका गाउँ टोल घर घर पुगेको छु, जनताको मनोभावना विगतको जस्तो लहलहै, धरपकड र मा आफ्नो भोट खेर नफालि र सुझबुझका साथ काँग्रसलाई मतदान गर्ने सुवेदीले दावी गर्नुभयो ।
सुवेदीले धादिङपोष्ट सँग कुरा गर्दै म राजनीति र व्यवसायीक पृष्टभुमीबाट आएकोले विकास र समृद्धिको एजेण्डा जनता सामुप्रष्ट पेश गरेको छु । हिजो काटा काट र मारामार गर्ने दुई दलहरु मिल्नुको तात्पर्य र हिजो गर्मीको बेला रुखको छहारीमा रमाउनेहरु आज फेरी चिसो सुरुभएपछि सुर्यको तापमा रमाउन पुगेका अस्थित व्यक्ति र पार्टीलाई जनताले राम्रो सँग बुझेको छन् यसपटक रुख चिन्ह यो क्षेत्रमा लोकप्रिय बनेकोले आफ्नो जित सुनिश्चत रहेको बताए ।
त्यसो त सुवेदी माओवादी केन्द्रका चर्चित नेता शालिकराम जमकट्टेल सँग चुनावी मैदानमा छन् , बामगठबन्धन भित्र राजेन्द्र पाण्डे र शालिकराम जमकट्टेलले चुनाव जनिते धादिङमा अन्यत्र पनि जित्न नुकिने बामगठबन्धन कार्यकर्ता बताउँछन् ।
स्थानिय चुनावको ठुलो मतान्तर मै काँग्रेसले हार्ने उनीहरुको दावी छ ।
धादिङको क्षेत्र नं १ र यसभित्र पर्ने प्रदेश क्षेत्र बाम गठबन्धनको बलियो आधार क्षेत्रको रुपमा बाहिर पनि चर्चा हुने गरेको छ आफ्नो शाख जोगाउन बामले सम्छकि सक्दैन चुनावी फैसलाले बताउने छ ।
यी हुन् घम्सा घम्सी गर्दै चुनामी मैदानमा उत्रिएका प्रदेश सदस्य उम्मेदवार
प्रभातकिरण सुवेदी (शिव)
जन्म: २०२६
ठेगाना: गजुरी गाउँपालिका ६
सम्पर्क नं: ९८५१०८६३२८
बाबुको नाम: शमशेर बहादुर सुवेदी
आमाको नाम: बाल कुमारी सुवेदी
पत्निको नाम: कल्पना सुवेदी
शैक्षिक योग्यता: स्नातकोत्तर
उम्मेदवारी: प्रत्यक्ष प्रदेशसभा सदस्य
दलिय संलग्नता: नेपाली काँग्रेस
राजनितिक यात्रा: २०३९ सालमा विद्यार्थी आन्दोलन, त्यसपछिका वर्षहरुमा सामाजिक तथा राजनितिक रुपान्तरणको लागि भएका विभिन्न आन्दोलनहरुमा क्रियाशिल, नेपाल ओलम्पिक कमिटिको पुर्व अध्यक्ष, धादिङ उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष
पार्टीमा हालको पद: सक्रिय सदस्य
शालिकराम जम्कटेल
जन्म: २०३०/०५/०५
ठेगाना: गजुरी गाउँपालिका वडा नं ७ डाँडागाउँ
सम्पर्क नं: ९८५११००१०९
इमेल: jshalikram@yahoo.com
बाबुको नाम: लोकनाथ जम्कटेल
आमाको नाम: रुपकुमारी जम्कटेल
पत्निको नाम: लक्ष्मी श्रेष्ठ जम्कटेल
शैक्षिक योग्यता: बी एल
उम्मेदवारी: प्रत्यक्ष (प्रदेश सभा) सदस्य
क्षेत्र नं: १ (२)
दलिय संलग्नता: नेकपा माओवादी केन्द्र, जिल्ला अध्यक्ष धादिङ
राजनितिक यात्रा: २०४४ विद्यार्थी आन्दोलन मोटो मशाल
२०५२ मा जनयुद्ध सुरुवात संगैंसगै माओवादीको पुर्णकालिन सदस्य
पटक पटक गरि ४ वर्ष जेलजिवन
२०६० देखि अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रिय अध्यक्ष
पार्टीमा हालको पद: पोलिटब्युरो सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रिय अध्यक्ष
विगतको अनुभव: २०६४ को संसदीय निर्वाचनमा विजयी