धादिङबेसीमा बाम गठबन्धनको घरदैलो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ६, २०७४

धादिङबेसी मंसिर ६ । धादिङबेसी सदरमुकाम बजार क्षेत्रमा बामगठबन्धनले चुनावी गरदैलो कार्यक्रम गरेको छ ।

गठबन्धनले मंसिर १० गते हुन गहिरहेको प्रतिनिधि सभा सदस्यका लागि खेम लोहनी र यसै क्षेत्र अन्तरगत प्रदेश सभा १ मा डा. रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन् । धादिङबेसी पुछारबजारबाट सुरुभएको घर दैलोमा दुबै उम्मेदवार सहित बाम गठबन्धनका नेता तथा कार्यकर्ताहरु सहभागि थिए ।

घरदैलो कार्यक्रममा उम्मेदवारले घर-घर पसल-पसल पुगेर सुर्यमा मतदान गर्न आग्रह गरेका थिए ।

बाम गठबन्धनको यस क्षेत्रको उम्मेदवार विवरण

खेम लोहनी
जन्म: २०१७/०४/२५
ठेगाना: ज्वालामुखी–७, चैनपुर
सम्पर्क नं: ९८५१०२२११७
बाबुको नाम: छन्दलाल लोहनी
ऋामाको नाम: बालकुमारी लोहनी
पत्निको नाम: भगवती लोहनी
शैक्षिक योग्यता: एम ए÷ एम एड
निर्वाचन प्रक्रिया: प्रत्यक्ष प्रतिनिधि सभा
क्षेत्र नं: २
दलिय संलग्नता: नेकपा एमाले
राजनितिक यात्रा: २०३५ विद्यार्थी आन्दोलन
२०३८ साल स्ववियु सदस्य किर्तिपुर
२०५४ मा जिविस सभापति
२०६२ मा बाग्मती अञ्चल सदस्य
२०६९ एमाले धादिङ अध्यक्ष
पार्टीमा हालको पद: केन्द्रिय सदस्य, धादिङ नुवाकोट इन्चार्ज
विगतको अनुभव: २०५४ मा जिविस सभापति निर्वाचित भएर ५ वर्ष काम गरेको

राम कुमार अधिकारी
जन्म: २०२२/१२/०३
ठेगाना: नीलकण्ठ १४, धुवाँकोट
सम्पर्क नं: ९८५१०१५५२८
बाबुको नाम: छन्दलाल अधिकारी
ऋामाको नाम: तुलसीदेवी अधिकारी
पत्निको नाम: रीता अधिकारी
शैक्षिक योग्यता: पि एच डी (महाराजगन्ज मेडिकल क्याम्पसबाट जनस्वास्थ्यमा पहिलो पि एच डी)
निर्वाचन प्रक्रिया: प्रत्यक्ष प्रदेशसभा
क्षेत्र नं: २ (१)
दलिय संलग्नता: नेकपा एमाले
राजनितिक यात्रा: २०३६ १३ वर्षको उमेरमा बहुदलमा समाहित
२०३७ अनेरास्ववियु सहसचिव अमृत साइन्स क्याम्प
२०४१ मा भुमिगत पार्टी मालेको सक्रिय सदस्य
२०४९ धादिङ जिल्ला कमिटि सदस्य
२०५४ मा माले (बामदेव)
केन्द्रिय बुद्धिजिवी परिषदको केन्द्रिय सदस्य
पार्टीमा हालको पद: प्रदेश नं ३ को संगठन कमिटि सदस्य, स्वास्थ्य तथा जनसङख्या विभाग प्रमुख