काठमाडौ–दार्खामा बस संचालन भाडा आधा घट्यो

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ५, २०७४

धादिङबेसी मंसिर ५ । धादिङबेसीबाट उत्तरी क्षेत्रको दार्खामा काठमाडौ सिधा बस संचालन भएको छ ।

काठमाडौ देखि दार्खा सम्म सार्वजनिक बस सेवा सुरु भए सँगै भाडा शुल्क पनि आधा घटेको छ । बस सेवा संचालन हुनुपूर्व साना जिपले धादिङबेसीबाट दार्खा सम्मको भाडा ५०० भन्दा बढी भाडा लिने गरेका थिए, बस सेवा संचालन सँगै धादिङबेसी-दार्खाको भाडा ३१० कायम गरिएको छ, भने काठमाडौ दार्खाको लागी यसमा १७० प्लस हुने बताइएको छ ।

उत्तरी क्षेत्रका यात्रुहरुलाई सेवा दिन धादिङ यातायात र ग्रमिण यातायतले दैनिक ३ वटा गाडी काठमाडौ दार्खा संचालनमा ल्याएको बताइएको छ । बस संचालनमा आए सँगै धादिङबेसी पुछारबजार बसपार्कमा टिकट लिनेको दैनिक भिड देखिन थालेको छ ।