उम्मेदवार सापकोटाको प्रचार शैलि फरक

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ५, २०७४

धादिङ मंसिर ५ । चुनाव नजिकि सकेको छ, दल र उम्मेदवारहरु जित्न अन्तिम कसरतमा छन् । जित्ने डौडाहामा रहेका एक उम्मेदवार हुन्न, याँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद सापकोटा ।

धादिङ प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार उनीको प्रचार शैली अन्य दलका भन्दा फरक छ, उनी हरेका घर-घर, टोल-टोल पुगि भोट मात्र मागि रहेका छैनन् आफु र आफ्नो पार्टीलाई जिताउन आँखा चुनाव चिन्हमा मतदान गर्न पनि सिकाई रहेका छन् ।

उनको प्रचार शैली अन्य दलको भन्दा फरक यस कारण छ कि, अन्य दलहरु घर दैलो र कोण सभामा दल र उम्मेदवारको विकास एजेण्डा र अन्य दलहरुलाई गाली गर्नमा केन्द्रित छन् भने उनी अन्य कुनै दल र उम्मेदवारलाई कटाक्ष गर्दैनन् मतदाता जम्मा पार्छन् र फरक-फरक तीवटा मत पत्र हुने भएकाले आँखा चिन्हमा यसरी मतदान गर्नुपर्छ भनेर सिकाइ रहेका छन् ।

एजेण्डामा भन्दा किन मतपत्र र चुनव चिन्हमा केन्द्रित रहनुभएको भन्ने हाम्रो पश्नमा उनी भन्छन्- यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव गाउँ घरमा पाईप ल्याइदिन्छु, सडक बनाई दिन्छु, भन्नु जनता झुक्याउनु हो, यो चुनाव संविधानलाई पुर्णता दिन र केन्द्र र प्रदेशमा कानुन बनाउनका लागि हो । त्यसैले नयाँ शक्ति किन जन्यो, यसका एजेण्डा, घोषणापत्र जनताको हातहातमा पुगि सकेको छ र विष्णु सापकोटा कस्तो मान्छे हो सबैले चिनेका छन् । त्यसैले मतपत्र र मतदान प्रक्रियामा हुन सक्न अन्यौलता बारे मतदातालाई शिक्षा दिइ रहेको छु ।

त्यो त उनी सोमबार दिनभर म धादिङ्ग त्रिपुरासुन्दरी वडा नं ७ खहरे तथा खैरेनी मसारमा भोट हाल्न सिकाउन व्यस्त देखिन्थे ।