म धादिङ जिल्लाको क्षेत्र नं 2 अन्तर्गतको खनियावास गापा को एक मतदाता हुॅ । यतिखेर म भोट माग्नेहरूको भीडमा छु यानेकी जनता शक्तिशाली भइ नमस्कार खाने समयमा छु । अघिल्लो स्थानीय चुनावमा लस्करै रूखमा स्वस्तिक छाप लगाएकोमा आत्मा सन्तुष्ट भएको छु । कम्तिमा हाम्रा प्रतिनिधिहरू स्थानीय आवश्यकतालाई महसुस गरी कार्य गर्दैछन् भलै ज्यादा आवश्यकता सिमित स्रोत त छदैछ । दशै अघिनै बाटो सफा गरी गाडी चढ्न पाए ।
अब आगामी प्रतिनिधि सभा र प्रदेश सभामा पनि लोकतन्त्रप्रेमीहरूलाई भोट दिन्छु । गोप्य मतदान गर्ने प्रयोजन रहे पनि म खुल्लै भोट दिन तयार छु किनकी अघिल्लो पटक हाम्रो प्रतिनिधि बनेका माननीयले एकपटक पनि भोट पछि फर्किएन । फर्किनु र नफर्किनुको कुरा अलग हो योजनामा दिलचस्प दिएन ।
धादिङ जिल्लामा धेरै कंग्रेस छ रे तर म रहेको क्षेत्रमा स्वर्गीय दामन पाख्रिन बाहेक अरूले मौका नै पाएन । लोकतन्त्रपछिका दिनहरूमा दुई माननीय बामपन्थी छानियो तर खै त हाम्रोमा समानुपातिक माननीयहरूले बराबर पनि हेरिएन । मेरो बुझाइमा दिन्छु भनि झुक्याउनु कम्युनिष्टहरूको आदत नै हो । त्यसैले उमेद्वार चुनावै पिच्छे अलग अलग उठाउछन् ।
स्व दामन पाख्रिनले आफै कान्लाकान्ला चढी बनाएका योजनाहरूले उनकै छोराको पहलमा मात्र अगाडि बढ्न पायो ।
यहाॅका जनताले कंग्रेसबाहेक माओवादी र एमालेका प्रतिनिधि छाने तर के पाए ? 2048मा जुन स्रोतसाधन थियो त्योभन्दा धेरै गुणाबढी हुॅदा पनि दार्खा सत्यदेवीमा देखिने के गरे ? त्यसैले यसपाली उनै सच्चा नेता स्व दामन पुत्र दिलमान पाख्रिनलाई मेरो भोट ।
किनकी
उनले थालनी गरेका कामहरूलाई सम्पन्न गराउनुछ । उनकै पहलकदमीबाट हाम्रो कायापलट हुने देखिएको छ । लोकतन्त्र नै विकासको मूल आधार हो । द्वन्द्वमा फसेर, संविधान निर्माणका कारण अल्झिएको विकास कार्यलाई अगाडि बढाउन, सबै जात, धर्म र वर्गको सहअस्तित्वको लागि, विविधतामा एकता प्रदर्शन गरी नेतृत्व लिने क्षमता कंग्रेससॅग रहेको इतिहासले प्रमाणित गरेको छ ।