पत्यक्ष मत बाम गठबन्धनलाई, समानुपातिक माओवादी केन्द्रलाई -भण्डारी

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ४, २०७४

धादिङ मंसिर ४ । माओवादी केन्द्र धादिङका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फका उम्मेदवार रामबहादुर भण्डारीले पत्यक्ष तर्फको भोट संयुक्त बाम गठमन्धनलाई र समानुपातिक भोट माओवादी केन्द्रलाई हाल्न आग्रह गरेका छन् ।

धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा २ को आगिञ्चोकमा भएको बाम गठबन्धनको चुनावी कार्यक्रममा प्रत्यक्ष तर्फको मत बमगठबन्धनको उम्मेदवारलाई दिन र समानुपातिक तर्फको भोट माओवादी केन्द्रको गोलाकार हँसिया हथौडामा हाल्न आग्रह गरेका हुन् ।

यहि मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा धादिङ जिल्लाको प्रतिनिधि सभा २ को प्रदेश सभा २ का बाम गठबन्धनका साझा उम्मेदवार जगत सिंम्खडा ले वाम गठबन्धनको जित अपरिहार्य रहेको बताउँदै विकासका र स्थिर सरकारका लागि बाम गठबन्धनले जित्नु पर्ने बताएका थिए ।