धादिङ काँग्रेसको प्रचार आक्रामक हरेक कार्यक्रममा पार्टी प्रवेस

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १, २०७४

धादिङबेसी मंसिर १ । नेपाली काँग्रस धादिङ चुनावी प्रचार कार्यक्रममा आक्रामक देखिएको छ ।

वाम गठबन्धनबाट प्रेसरमा रहेको काँग्रेस धादिङले आसन्न मंसिर १० को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको चुनाव प्रचारको क्रममा आक्रामक बन्दै हरेक कार्यक्रममा अन्य पार्टी कार्यकर्ता प्रवेस गराउँदै आएको छ ।

गल्छी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका बीरबहादुर तामाङ (विक्रम) काँग्रेस प्रवेस गरे सँगै बिहिबार एमाले र माओवादी केन्द्रबाट पिडामा यी दुईपाटीबाट काँग्रेसमा प्रवेस गरेका छन् । काँग्रेका तर्फबाट प्रतिनीधि सभा क्षेत्र १ का सदस्यका उम्मेदवार विश्वप्रसाद अर्याल र यस क्षेत्र अन्तरगत प्रदेश सभा २ का सदस्य उम्मेदवार प्रभात किरण सुवेदीले नव प्रवेसीलाई स्वागत गरेका थिए ।

यस्तै धादिङबेसीमा काँग्रेसले गरेको घर दैलो कार्यक्रममा बिहिबार धादिङबेसी सिरान बजारबाट एमालेका २० युवा कार्यकर्ता काँग्रेस प्रवेस गरेका छन् । नवप्रवेसी युवाहरुलाई प्रतिनीधि सभा क्षेत्र २ का सदस्यका उम्मेदवार दिनमान पाख्रिन र यस क्षेत्र अन्तरगत प्रदेश सभा १ का सदस्य उम्मेदवार रमेश धमलाले नव प्रवेसीलाई स्वागत गरेका थिए ।