धादिङबेसी कात्तिक ३० । धादिङबेसी स्थित पशुपति मन्दिरमा (आज) बिहिबार साँझ जात्रा लाग्ने तर शतविऊ छर्ने मेला लाग्दैछ ।
पचास वर्ष भन्दा अघि देखि लाग्दै आएको पशुपतिको एकादशी जात्राको लागि भत्तजनहरु मन्दिर परिसरमा आउन थालेका छन् भने जात्रा आउने भत्तजनहरुको ध्यानमा राख्दै स्थानिय व्यवसायीहरुले पसलहरु राख्न थालेका छन् ।
जिल्ला सदरमुकाम धादिङबेसी झर्नु भन्दा पहिला २०१९ सालका यस क्षेत्रमा पशुपति मिन्दर बनाउन छलफल गरिएको र २०२३ सलामा राजा महेन्द्रले शिवमन्दिर बनाउन अनुमति दिए सँगै नियमित कार्तिक वाला चतुर्दशी मेला लाग्दै आएको मन्दिर परिसरमा बस्दै आएका रामनाथ योगीले धादिङपोष्टलाई बताए ।
उनका अनुसार धादिङबेसी सदरमुकाम रहेको क्षेत्रमा वयरघारी र केहि भुभाग खेतको फाँट थियो । साङ्कोष, मुरलीभञ्ज्याङ, पाल्पा र साँखुका स्थानियहरुको पहलमा पशुपतिनाथको मन्दिर निर्माण गरियो मन्दिर निर्माणको वर्ष नै गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिऊ छर्ने चलन बसेको योगि बताउँछन् ।
मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ । नेपाल अनि भारतका विभिन्न महत्वपूर्ण शक्तिपीठ अनि त्रिवेणीधामहरुमा आज सतविज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ ।
सतविज भन्नाले पितृ उद्दारसंग सम्बन्धित चर्चित धार्मिक वनहरु जस्तैः कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य आस्था गाँसिएका वनहरुमा गएर छर्ने सातप्रकारको अन्नहरु पर्दछन् । यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ ।