धादिङ, तोप्लाङ कात्तिक २९ । एमाले नेता तथा धादिङ प्रतिनिधि सभा क्षेत्र नं १ अन्तर गत प्रदेश सभाका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे धुनिबेशीको चिसापानी र तोप्लाङमा चुनाव सभा गरी मझुवा तर्फ जाँदै गर्दा बाटोमा लडेर पाण्डे घाईते भएका हुन् । संयुक्त बाम गठबन्धनका प्रदेश सदस्यका उम्मेदवार रहेका पाण्डे चुनावी अभियानका क्रममा लडेर घाईते भएका हुन् ।
चुनावी अभियानका क्रममा धुनिबेशी नगरपालिका ७ तोप्लाङ नजिक लडेर टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ । पौने एक बजे लडेर घाईते पाण्डेको नौबिसे स्थित नौबिसे स्वास्थ्य सँस्थामा सामान्य उपचार गराई काठमाण्डौँको मनमोहन अस्पतालमा उपचारत छन् ।