तामाङ पक्राउ नेकपाद्वारा कार्यकर्ता नभएको विज्ञप्ती (विज्ञप्ती सहित)

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २८, २०७४

धादिङ कात्तिक २८ । गल्छी गा पा वडा न ५ कोइली खर्क निबासी वर्ष ४४ का गोपाल तामाङलाई बैरेनी बजारबाट प्रहरीले पक्राउ गरेको छ ।

केहि समय पहिला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध गोपाल तामाङलाई घरायसी कामको शिलसिलामा मंगलबार बैरेनी बजार गएको बखत पक्राउ गरेको हो ।

विप्लव कार्यकर्तालाई पक्राउ गर्ने अभियानमा रहेको प्रहरीले यस अघि धादिङका चेरोङ तामाङ र मोहन घलेलाई गिरफ्तार गरि सकेको छ ।
पारिवारीका श्रोतका अनुसार तामाङलाई नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको ने क पा को कार्यकर्ता भनी गिरफ्तार गरियको हो तर तमाङ ने क पा को कुनै पनि हैसियत मा नरहेको विप्लव नेतृत्वको नेकपा ले जनाएको छ ।

केहि समय पहिला विप्लव नेतृत्वको पाटीमा रहे पनि हाल उनी उक्त पार्टी छाडेर व्यवसाय गर्दै आएका थिए ।

नेकपा धादिङले आज एक प्रेस विज्ञप्ती जारी गर्दै स्वतन्त्र नागरीकलाई नेकपा कार्यकर्ताको आरोपमा पक्राउ गरेर लोक तन्त्रको खिल्लि उडाइएको बताएको छ ।

विज्ञप्ती जस्ताको तस्तै