लोकतन्त्रको खतरा काँग्रेसबाट -जमकट्टेल
लोकतन्त्र संस्थागत, अब काँग्रेसले गर्छ -सुवेदी
धादिङ कात्तिक २७ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तरगत प्रदेश सभाका २ का उम्मेदवारहरुले लोकतान्त्रको बचावट गर्न एक अर्का बधक भएको बताएका छन् ।
बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेले जनयुद्ध जनआन्दोलनको उपलब्धी लोकतन्त्र काँग्रेसका कारण धराप परेकोले बाम गठबन्धनका उम्मेदवारलाई मंसिर १० को चुनावमा भोट हाल्न आग्रह गरे भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका प्रभात किरण सुवेदीले कम्युनिष्ट अधिनायवादले वलिदानी पूर्ण लोकतन्त्र धरापमा परेको र लोकतान्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नु पर्ने बताए ।
बेनिघाट रोराङ गाउँपालिका अन्तरगत मलेखु पेट्रोल पम्प परिसरमा आइतबार एक राष्ट्रिय टेलिभिजनले गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै यी दुबै उम्मेदवारले विकास, आर्थिक समृद्धि र लोकतन्त्र संस्थागत गर्न आफुले जित्नु पर्ने बताए बताउँदै अन्तर संवादमा आरोप प्रत्यारोप गरेका थिए ।
यी दुई नेताको अन्तर कथा
शालिन र भद्र स्वभावका सुवेदी व्यावसायीक क्षेत्रमा स्थापित नाम हो भने जम्कट्टे माओवादी केन्द्र भित्रको आक्रामक नेता हुन् ।
भूमिगत कालमा प्रचण्डलाई काठमाडौंमा आश्रय दिने प्रभात किरण सुवेदी एमाले, माओवदी, राप्रपा तथा नयाँ शक्ति पार्टीका बीच पनि लोकप्रिय मानिन्छन् । धादिङ उद्योग बाणिज्य संधका पूर्वअध्यक्ष सुवेदी खेलकुद क्षेत्रमा पनि सक्रिय थिए । ओल्म्पीक कमिटिमा रहेर अनुभव सँगालेका सुवेदी धादिङका युवा बीच निक्कै रुचाइएका पात्र हुन् ।
आरोप र निन्दाको राजनीति भन्दा पनि उद्यमशीलता र सृजनशीलतामा जोड दिने सुवेदीको शैली र सक्रियताले नेता शालिकराम सँग राम्रै प्रतिस्पर्धा गर्न सक्ने आकलन गरिएको छ ।
रोचक कुरा त के छ भने सँगै जनयुद्ध लडेका र आफ्ना परम मित्र माओवादीका जमकट्टेलसँग उनको प्रतिस्पर्धा रहेको छ ।
अझ रोचक कुरा त के हो भने भूमिगतकालमा तत्कालीन विद्रोही पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई सुवेदीको गेष्टहाउसमा लैजाने व्याक्ति तिनै शालिकराम हुन् । त्यस्तै शालिकरामलाई माओवादी धारमा लैजाने व्याक्ति चाँही यिनै सुवेदी हुन् । स्कूल जीवनमा सुवेदी जमकट्टेलभन्दा ३ ब्याज सिनियर थिए ।
उतिबेला सँगसँगै युद्ध लडेका यी दुई योद्धाहरु अहिले एक अर्का विरुद्ध अलग अलग दलबाट चुनावी मैदानमा उत्रिएका छन् । सुवेदी स्थानीय चुनावभन्दा केही समय अघि मात्रै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । मिलनसार स्वभावका सुवेदी उम्मेदवारी दिएको क्षेत्रमा मात्र होइन जिल्लाभरि नै लोकप्रिय मानिन्छन् ।
यता द्वन्द कालिन नेता शालिकराम जम्कट्टेललाई एमालेको साथ छ, विगतको मत संख्या हेर्दा बाम गठबन्धन बलियो देखिएकोले पनि शालिकको पल्लाभारी हुने आकालन गरिन्छ तर चुनावको नतिजाले सुवेदी वा जम्कट्टेल भन्छ त्यो मंसिर १० गते जनताले फैसला गर्ने छन् ।