धादिङ कात्तिक २४ । धादिङबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता फेरि पक्राउ परेका छन् ।
बिहिबार चेरोङ तामाङ पक्राउ गरेको प्रहरीले शुक्रबार बिहान सिद्धलेक कुम्पुरमा आफ्नै घरमा रहेका मोहन घलेलाई बिहान ५ बजे पक्राउ गरेको हो । प्रतिनिधि सभा र प्रदेश सभामा विप्लव नेतृत्वको नेकपाले हिंसात्मक क्रियाकलाप गर्न सक्ने अभिप्रायले नेता तथा कार्यकर्ता पक्राउ अभियानमा प्रहरी लागेको बताईन्छ ।
यता नेकपाका पूर्वी कमाण्ड इञ्चार्ज सुदर्शनले एक विज्ञप्ती जारी गर्दै देशभर आफ्ना नेता तथा कार्यकर्ता पक्राउ पर्नु प्रति भत्सर्ना गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, संसदीय व्यवस्था अन्तरगत हुने चुनावखारेज गर्दै वैज्ञानिक समाजवाद तर्फ अगाडी बढ्ने अभियानमा छौ । यो विकल्प प्रस्तुत गर्नु नेपालि जनताको मौलिक हक हो । मौलिक हक अधिकार हनन् गर्ने संसदिय व्यवस्थाको खारेजीको माग गर्दै शिघ्र पक्राउ परेका कार्यकर्ता हिरा नगरे जनप्रतिरोध, जन संघर्षको बज्रपात गरिने उल्लेख छ ।
शुक्रबार पक्राउ परेका चेरोङ तामाङको समाचार पढ्न तलको लिङ्क क्लिक गर्नु होला
धादिङमा नेकपाका १२ कार्यकर्ता रिहा भएको मिनेट भरमा पुन पक्राउ
यो पनि पढ्नुहोला
धादिङका १२ जना नेकपा कार्यकर्ता ३३ दिनपछि प्रहरी हिरासदबाट मुक्त